विराटनगर,८ फागुन।प्रदेशमा क्रिकेट खेलको खस्किदो अवस्थालाई वृद्धि गर्न र युवाहरुलाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टीम सम्मलित ‘मिल्स कप किकेट’प्रतियोगिता यही फागुन २० गतेबाट शुरु हुने भएको छ।
मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालका र भारतका १६ टिम सम्मिलित युक्त प्रतियोगिता विराटनगर जुट मिल क्रिकेट खेल मैदानमा हुने छ ।एकेडेमीका अध्यक्ष मुरारी चौधरीले नक आउट आधारमा टि –२० क्रिकेट प्रतियागितामा कटिहार क्रिकेट क्लव,भारत, जोगबनी क्रिकट क्लव भारत,भैरहवा किकेट क्लव,जनकपुर किकेट क्लव,बोस्टन क्रिकेट क्लव झपा,होराईजन क्रिकेट क्वव विराटनगर,विराट क्रिकेट कलव एण्ड एकेडेमी विराटनगर,मिल्स किकेट क्लव विराटनगर रहेको जानकारी दिनु भयो।
यसैगरी पूर्णिया किकेट क्लव भारत,कानपुर किकेट क्लव भारत,काठमाण्डौं किकेट कल्व,सिरहा क्रिकेट क्लव,सुनसरी–११ क्रिकेट क्लव,पूर्वाञ्चल क्रिकेट क्लव विराटनगर,प्याट्रिक क्रिकेक क्लव झापा,एमसिसिए विराटनगर गरी १६ बटा टिमको सहभागिता रहने छन्।प्रतियोगिताका विजयी हुने प्रथम हुने टीमलाई नगद रु १ लाख ११ हजार,दोश्रोलाइ रु ५१ हजार र अन्य विभिन्न विधामा उत्तकृष्ट हुने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।
प्रदेशमा उक्त नगद राशी पुरस्कार भएको पहिलो प्रतियोगिता भएको आयोजकले जनाएको छ।प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेपाली तथा भारतीय खेलाडीको सहभागिता हुने छ भने अन्तिम खेल चैत १ गते सम्पन्न हने अध्यक्ष चौधरीले बताउनु भयो।
प्रतियोगिता सहभागि खेलाडीहरुले उत्कृष्ट खेल कौसलको प्रदर्शन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव जमाउन सफल हुने विश्वास गरिएको छ।खेल सम्पन्न गर्न रु १८ लाख खर्च लाग्ने अनुमान गरिएको छ।
प्रतिक्रिया