विराटनगर,२० फागुन महिला क्रिकेटको विकास र नयाँ प्रतिभा पहिचान गर्न ‘इक्युवालिटि कप क्रिकेट –२०७८ प्रतियोगिता यहाँ हुने भएको छ।
नेपाल क्रिकट फाउण्डेशनले आज पत्रकार सम्मेलनको आयोजना गरि नारी दिवसका उपलक्ष्यमा यही फागुन २१ गतेदेखि २४ गतेसम्म विराटनगरको बैजनाथपुर क्रिकट खेल मैदान टि–२० फर्माटको आधारमा खेल हुने जानकारी दिइयो।
फाउण्डेशनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले प्रतियोगितामा प्रदेश १ को मोरङ,झापा,सुनसरी र मधेश प्रदशेको सप्तरी जिल्ला गरी चार बटा महिला टिमको सहभागिता हुने जानकारी दिनु भयो।
मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून सङख्यामा हुने भएकोले त्यसलाई ध्यानमा राखि राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पुर्याउन खेलको आयोजना गरिएको हो।
उक्त प्रतियोगिता लीगकम नक आउटको आधारमा खेलिने छ।
प्रतियोगिता राष्ट्रियस्तरका महिला क्रिकेट खेलाडीको खेल्नुका साथै आगामी दिनमा थप जिल्लाहरुलाई सहभागिता गराइने आयोजकले बताउनु भयो।
प्रतिक्रिया