नेपाल पिछडावर्ग (OBC) महासंघको प्रेस विज्ञप्ति

इनेप्लिज २०७८ चैत १ गते २२:१९ मा प्रकाशित

नेपाल पिछडावर्ग (OBC) महासंघको आगमी राष्ट्रिय महाधिवेशन यही २०७८ चैत महिनाको २६ गते शनिवारका दिन काठमाडौंमा हुने निर्णय भएको छ।कोभिड महामारीको कारण ढिलो भइ यो महाधिवेशन हुन लागेको जानकारी समेत गराउँदछौं।महाधिवेशनका लागि महासंघका सबै जिल्ला कमिटि,भातृ संगठनहरु एवं जातिय संघ/संगठनहरुले यही चैत १५ गतेभित्र प्रतिनिधि छनौट गरी नामावली महासंघको केन्द्रिय कार्यालयमा पठाउन अनुरोध गर्दछौं।

पिछडावर्ग (OBC) मा पर्ने जातजातिहरु कुशवाहा, कुर्मी, कुम्हार, कहार, केवट,कानु,कलवार,कमार,तेली, नुनिया, बनिया, बरैई, बढैई, भेडिहर, माली, मल्लाह,यादव,राजभर,राजधोव,रौनियार,लोहार,लोध, सुडी,सोनार,हजाम,हलुवाई,अमात,केवरत,बिन्न,जोगिया,कलाल,पटनवार,कलाबञ्जर,वोट,कथबनिया, कमकर, चनऊ, ठठेरी÷कसेरा, पटवा, बेलदार आदी।

जय ओबीसी

कौशल कुमार सिंह
अध्यक्ष

मो. ९८५११३३८६१

प्रतिक्रिया