इन्डो –नेपाल क्रिकेट उपाधि पूर्वाञ्चललाई

इनेप्लिज २०७८ चैत १ गते २२:५४ मा प्रकाशित

 

विराटनगर,१ चैत ।इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको उपाधि पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरले जितेको छ।

मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीद्वारा आयोजित विराटनगरस्थित जुटमिलको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा समशेर क्रिकेट क्बल कानपुर(भारत)लाई छ रनले पराजित गर्दै उपाधि जितेको हो।विजयीसँगै पूर्वाञ्चलले रु १ लाख ११ हजार नगदका साथै ट्रफि प्राप्त गरेको छ।यसैगरी उप बिजेता भएको कानपुरले नगद रु ५१ हजार प्राप्त गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा २०४ रनको बनाउँदै अलआउट भएको थियो।कानपुर(भारत) २० ओभरमा नौ विकेटको गुमाउँदै १९८ रन बनाएको थियो।

प्रतियोगितामा पूर्वाञ्चलका जोसक खड्का म्यान अफ द फाइनल र बेस्ट बलर तथा बेस्ट ब्याट्सम्यान कानपुरका हर्षिद सिंहलाई नगद रु १० हजारबाट पुरस्कृत गरिएको छ।यसैगरी म्यान अफ सिरिज पूर्वाञ्चलका मन्जित श्रेष्ठलाई नगद रु १५ हजार प्रदान गरिएको छ।

प्रदेश नं १ का उद्योग,श्रम तथा रोजगारमन्त्री प्रताप प्रकाश हाङ्गाम, विराटनगर महानगर–१६ का वडाअध्यक्ष मनोज सुव्वा र आयोजिक समितिका अध्यक्ष मुरली चौधरीले बिजेता र उपविजेता टीमलाई ट्रफी तथा प्रमाणपत्र वितरण गर्नु भयो।

 

प्रतिक्रिया