विराटनगर,७ चैत।नेपालमा युवायुवती माझ हक्की खेलको आकर्षण वढाउन गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता विराटनगरमा हुने भएको छ।
नेपाल हक्की सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही चैत ८ गतेदेखि १२ गतेसम्म शहीद रङ्शाला विराटनगरमा सञ्चालन हुने प्रतियोतिामा सात बटा टीमको सहभागिता हुनेछ।लीगकम नकआउट आधारमा हुने खेलमा प्रदेश नं १,मधेश,वागमती,गण्डकी,लुम्विनी,सुदूरपश्चिम प्रदेश र नेपाल आर्मीको टीमको सहभागिता हुने प्रतियोगिता संयोजक रन्जन थापाले जानकारी दिनु भयो।
प्रतियागितामा प्रथम हुने टीमलाई रु ५० हजार नगद पुरस्कारको व्यवस्था गरिएको विराट गोल्ड कप ट्रष्टका अध्यक्ष सन्तोष बाँनियाले बताउनु भयो।हक्कीे खेलका विकासका लागि प्रत्येक प्रदेशमा एक÷एक बटा अन्तर्राष्ट्रियस्तरको मैदान निर्माण गर्न सरकारले पहल गर्नुपर्ने आवश्यक्त्ता संयोजक थापाको विचार रहेको थियो।
दैनिक तीन टीम वीच प्रतिस्पर्धा हुने प्रतियोगिताको अन्तिम खेल फ्लड लाईटमा खेलाइने भएको छ।प्रतियोगिता सम्पन्न गर्न रु २५ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।
यस अघि हक्की प्रतियोगिता झापा र विराटनगरमा सम्पन्न भएको थियो।नेपाल हक्कीमा अन्तर्राष्ट्रियस्तरमा ८८ औ स्थानमा रहेको छ।
प्रतिक्रिया