विरानगर,११ चैत ।गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपाली सेना र सुदूरपश्चिम प्रदेश विजयी भई फाइनलमा प्रवेश गरेका छन्।
नेपाल हक्की सङ्घद्वारा विराटनगरको शहीद रङ्शालामा भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ३–१ को गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका केशवराज जोशी घोषित भएका छन्।
यसैगरी दोस्रो खेलमा नेपाली सेनाले लुम्बिनी प्रदेशलाई ५–१ गोलअन्तरले पराजित गरि फाइनलमा पुगेको छ।खेलको म्यान अफ द म्याच सेनाका रंजित राउत घोषित भएका छन्।
फाइनल खेल भोलि दिउँसो नेपाली सेना र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने संयोजक रञ्जन थापाले जानकारी दिनु भयो।
प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।प्रगियोगिताका विजेताले नगद रु ५० हजार,उपविजेताले रु ३५ हजार र तेस्रो हुने टोलीले रु १५ हजारका साथै ट्रफी प्राप्त गर्ने छन्।
प्रतिक्रिया