एनआरएनए एनसीसी-अमेरिका कप २०२२ आयोजना हुने बारे।

इनेप्लिज २०७९ जेठ १९ गते १:४१ मा प्रकाशित

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले क्रिकेट एशोसियशन अफ नेपाल, नेपाली अल स्टार्स र ह्युजटन हुरिकेन संग समन्वय गर्दै नेपालको राष्ट्रिय क्रिकेट टिम र नेपाली अल स्टार्स बीच जुन २, २०२२ तथा राष्ट्रिय क्रिकेट टिम र ह्युजटन हुरिकेनका बिच जुन ४, २०२२ मा गरि दुई म्याच आयोजना गर्न गैरहेको यहाँहरुलाई जानकारी गराउन चाहान्छु। प्रतियोगिताको ब्यबस्थापन कार्य नेपाली अल स्टार्सले ह्युजटन हुरिकेन संग मिलेर गरिरहेको छ। नेपालको राष्ट्रिय टिमलाई अवसर र प्रोत्साहन प्रदान गर्ने उद्देश्यले यस प्रतियोगिता गर्न पाउदा हामी एकदमै खुशी छौ।आगामी दिनमा समेत तपाईं हामी सबैको सहकार्य बाट यस्तै महत्वपूर्ण कार्यक्रमको आयोजना गर्दै मातृभूमि नेपाल लाई हरेक क्षेत्रबाट सहयोग पुर्याउन समेत अनुरोध गर्दछु। उक्त मितिमा हुने प्रतियोगितामा आफ्नो समय मिलाएर उपस्थित भै नेपालको राष्ट्रिय टिमलाई हौसला प्रदान गर्न समेत सबैमा अनुरोध गर्दछु।

प्रतियोगिताको लागि डोनेशन गर्न इच्छुकहरुले तल दिएको पेपल लिंकमा गएर दिन सक्नुहुनेछ।
https://www.paypal.com/donate/?hosted_button_id=BUVD2LWGFXVEA

प्रतिक्रिया