रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष

इनेप्लिज २०७९ असार २२ गते ०:४९ मा प्रकाशित

न्युयोर्क । क्विन्स केटिएम लायन्स क्लबको अध्यक्षमा रश्मी श्रेष्ठ निर्बाचित भएकी छिन ।

क्विन्स केटिएम लायन्स क्लब न्युयोर्कले आयोजना गरेको भर्चुअल(परोक्ष) बैठकले लायन रश्मी श्रेष्ठलाई ‘अध्यक्ष’ पदमा निर्वाचित गरेको छ । यस् भन्दा पहिले लायन अशोक कार्कीको कार्यकालमा एक कार्यकाल कोषाध्यक्षको रुपमा काम गरेकी थिइन ।

लायन रश्मी संगै उपाध्यक्ष पदमा लायन राजन आचार्य, सचिब पदमा लायन करुणा श्रेष्ठ र कोषाध्यक्ष पदमा लायन अरुणा लामालाई मनोनित गरेको हो ।

त्यस्तै गरी मेम्बरशिप चेयरपर्शनमा लायन बिष्णु तामांग, क्लब सर्भिस चेयरपर्शनमा रिना लामिछाने र कम्युनिकेशन/मार्केटिंग चेयरपर्शनमा भगवती कार्की चयन भएका छन् ।

प्रतिक्रिया