कतार हवाई प्रतिष्ठान (एयरलाइन्स)ले दोहामा हुने विश्वकप भकुण्डो प्रतियोगिताको कारण सेवामा कटौती गरेकोले यात्रीहरुलाई टिकट महँगो पर्ने भएको छ । नेपालीहरुको महान चाड दशैं र तिहारको लागि अग्रिम रुपमा छिट्टै टिकट खरिद गर्दा नेपाली समुदायलाई लाभ हुने जेन ट्राभल्सका संचालक सुरज बस्नेतले ईनेप्लिजलाई बताए ।
उनले आफ्ना ग्राहक तथा नेपाली समुदायको लागि सूचना समेत प्रकाशित गरेको जनाए ।
जेन ट्राभल्सले अमेरिकाबाट नेपाल जाने सीमित संख्यामा मात्रै वायुसेवा उडान भर्ने भएकोले नेपालीहरुको महान चाड चाँडै दशैं र तिहारको लागि टिकट छिट्टै किन्न समेत सिफारिस गरेको छ ।
साथै बाहिर उडान गर्न सस्तो मितिहरू आगामी सेप्टेम्बर र अक्टोबरमा पर्ने समेत उनले बताए । काठमाडौंमा सीमित संख्यामा मात्रै वायुसेवा प्रतिष्ठानहरुले उडान भर्ने र चाडपर्वका लागि स्थान(सिट)को ठूलो अभाव हुने भएकोले यस वर्ष भाडा बढ्ने अनुमान गरिएको छ ।
कतार हवाई प्रतिष्ठान (एयरलाइन्स)ले अमेरिकाबाट नेपाल सम्म सबैभन्दा बढी यात्रु ओसारपसार गर्छ । नोभेम्बर र डिसेम्बरमा दोहामा हुने विश्वकपका कारण नेपालका लागि सेवामा कटौती गरिएको छ।
सामान्यतया काठमाडौंका लागि तय हुने उडानलाई बढी आकर्षक र लाभदायक मार्गमा तोकिएको छ । दोहाबाट काठमाडौ दैनिक ४ उडान गर्नुको सट्टा संख्या घटाएर १ मा झारेको छ । कम उडान भए पछि खरिद दर बढ्ने देखिएको छ ।
टिकट खरिद स्वयमले जेन ट्राभल्सबाट सिधै बिधुतिय प्रणालीबाट २४ सै घण्टा टिकट खरिद गर्न सकिने वा २०२ ५५२ १५०८ मा सम्पर्क गर्न सक्नु हुनेछ ।
ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया