राष्ट्रपति जो बाइडेनले रोए भि वेडलाई उल्टाउने सर्वोच्च अदालतले गरेको ऐतिहासिक निर्णयको प्रतिक्रियामा गर्भपतन अधिकारको रक्षा गर्ने उद्देश्यले शुक्रबार कार्यकारी आदेशमा हस्ताक्षर गर्ने भएका छन् ।
सिएनएनका अनुसार बाइडेनले शुक्रबार बिहान रुजवेल्ट कक्षबाट त्यहाँ हुने एक समारोह मार्फत कार्यकारी आदेशमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ। उपराष्ट्रपति कमला ह्यारिस पनि सहभागी हुने कार्यक्रम रहेको सिएनएनले उल्लेख गरेको छ ।
डेमोक्र्याट तथा अधिवक्ताहरूले ह्वाइट हाउसलाई गर्भपतन पहुँचलाई विधिबद्ध गर्न कडा अडान लिन दबाब दिइरहेका छन्। शुक्रबारको कार्यकारी आदेशले अमेरिकी स्वास्थ्य र मानव सेवा सचिव जेभियर बेसेरालाई गर्भपतनमा पहुँच सुनिश्चित गर्न कदम चाल्न प्रेरित गर्नेछ।
अमेरिकी स्वास्थ्य र मानव सेवा बिभाग (एचएचएच)लाई आदेशको प्रावधानहरू कार्यान्वयन गर्ने सम्बन्धमा राष्ट्रपतिलाई अर्को ३० दिन भित्र एक प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ, जसमा गर्भपतन खोज्ने बिरामीहरूको चिकित्सा र अङ्किय (डिजिटल )गोपनीयताको संरक्षण गर्ने र पहुँच बढाउने कदमहरू पनि समावेश छन्।
कार्यकारी आदेशले अमेरिकी स्वास्थ्य र मानव सेवा बिभाग तथा ह्वाइट हाउस लैङ्गिक नीति परिषदको बीचमा अन्तर-सँस्था कार्य बल (टास्क फोर्स)स्थापना गर्दछ, जसमा महान्यायाधिवक्ता मेरिक गारल्याण्ड समेत हुनेछन् ।
जसलाई व्हाइट हाउसले “राज्य बाहिरका बिरामीहरूलाई कानुनी सुरक्षा प्रदान गर्ने राज्यहरूलाई प्राविधिक सहयोग प्रदान गर्नेछ।
प्रतिक्रिया