राष्ट्रपति जो बाइडेनले १७ जनालाई राष्ट्रपति स्वतन्त्रता पदकद्वारा सम्मान गरेका छन् ।
राष्ट्रपति बाइडेनले गत बिहीबार ओलम्पिक बाहुव्यायाम (जिमनास्ट )सिमोन बाइल्स, पूर्व कंग्रेस महिला गब्रिएल गिफर्ड्स, भकुण्डो प्रख्यात खेलाडी मेगन रापिनो र इराक युद्धमा मारिएका परिवारका सदस्यका (गोल्ड स्टार)का पिता खिजर खान लगायत १७ जना अमेरिकीहरूलाई राष्ट्रपति स्वतन्त्रता पदक (प्रेसिडेंशियल मेडल अफ फ्रिडम) प्रदान गरे।
बाइडेनले पदभार ग्रहण गरेपछि राष्ट्रको सर्वोच्च नागरिक सम्मानबाट सम्मानित हुने १७ जना प्रथम व्यक्तिहरु हुन्। ह्वाइट हाउसमा भएको समारोहमा उपराष्ट्रपति कमला ह्यारिस पनि उपस्थित थिईन ।
यो पदक “संयुक्त राज्य अमेरिकाको समृद्धि, मूल्यमान्यता वा सुरक्षा, विश्व शान्ति वा अन्य महत्त्वपूर्ण सामाजिक, सार्वजनिक वा निजी प्रयासहरूमा उदाहरणीय योगदान पुर्याउने व्यक्तिहरूलाई प्रदान गरिन्छ,” ह्वाइट हाउसले बिज्ञप्तिमा जनाएको छ ।
प्रतिक्रिया