अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,३२७ जनाको मृत्यु

इनेप्लिज २०७९ असार २८ गते १०:५६ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार ३५ जना संक्रमित भएका छन् । यसै गरि बिगत २४ घन्टामा ३२७ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक जुलाई १२ का दिन बिहान न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।

संक्रमण दरमा८ % वृद्धि भएको छ भने अहिले सम्म कूल ८ करोड ८६ लाख १७ हजार संक्रमित भएका छन् । हाल अस्पतालमा ३७ हजार ७ सय ६६ जना भर्ना भएका छन् । अस्पताल भर्ना दर १७ % वृद्धि भएको छ । त्यसै गरि सघन कक्ष(आइसियु)मा ४ हजार २ सय ७२ जना भर्ना भएका छन् भने २१ % भर्ना दर बढेको छ ।

अमेरिकामा हाल सम्म कूल १० लाख १७ हजार ८ सय ३७ जना मानिसको कोभिड-१९ बाट मृत्यु भै सकेको छ । अमेरिकामा हाल सम्म २२ करोड २४ लाख ५५ हजारले पूर्ण खोप लिई सकेका छन । १८ बर्ष भन्दा माथिका मानिसहरुले ७६.९ % र ६५ बर्ष भन्दा बढी उमेरका मानिसहरुले ९१.६ % पूर्ण खोप लगाई सकेका छन् ।

यसै गरि अभिवर्धक खुराक (बुस्टर डोज) १० करोड ६६ लाख १५ हजारले लिई सकेका छन् ।

सिडिसीका अनुसार कूल जन संख्यामा कम्तिमा कोरोना बिरुद्ध १ खोप लगाउनेको संख्या २६ करोड ३ लाख २७ हजार ७ सय ४३ पुगेको छ । यसैगरी १२ बर्ष माथिका बालबालिकाले ७५.४ % र ५ बर्ष भन्दा माथिका बालबालिकाहरुले ७१.२ % पूर्ण खोप लगाई सकेका छन् ।

प्रतिक्रिया