हेरिस्वर्गमा बृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान पाचौं कार्यक्रम हुदै

सिएम निरौला अमेरिका २०७९ असार ३१ गते २:०३ मा प्रकाशित

 

अमेरीकाको हेरिस्वर्गमा हुन लागेको बृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान पाचौं शृंखलाको कार्यक्रमहरु सार्वजनिक गरिएको छ । विश्व भूटानी साहित्य संङ्गठन (जिबिएलओ) बिभूसास हेरिस्वर्ग च्याप्टरको आयोजना हुन लागिरहेको हो । अमेरीकाको हेरिस्वर्गमा आगामी जुलाई २९ देखी ३१ तारिख सम्म तिन दिन सञ्चालन हुने कार्यक्रममा पुस्तक बिमोचन, कार्यपत्र, सिद्धान्त माथि बहस, साहित्यिक साँझ सहित सास्कृतिक साझ र स्रष्टा भ्रमण गरि बिभिन्न उत्कृष्ट कार्यक्रमहरु राखिएको जिबिएलओका अध्यक्ष कर्ण गुरुङले जानकारी दिनुभयो । यसका साथै यस पटक देखी नेपाली साहित्यमा बिशिष्ट योगदान गर्नुहुने अग्रजलाई सम्मान समेत गरिने जानकारी दिईएको छ । पहिलो पटक अग्रज साहित्यकार लिला बहादुर क्षेत्रीलाई लाईफटाईम अचिपमेन्ट अवार्ड दिन लागिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।सो अबाडलाई ग्लोवल नेपाली लिटररी अबाड को नाॅ दिएको छ।

भाषा सरक्षणमा अहम भुमिका निर्वाह गरेको सो संस्थामा सिक्किमका पुर्ब मुख्य मन्त्री पवन चाम्लिङ, हेग स्थीत मानव अधिकार कर्मी राम कार्की, अमेरिकाका लागी नेपालका राजदुत श्रीधर खत्री, डा. गोविन्दराज भट्टराई, साहित्य परिषद भुटानका अध्यक्ष गंगा लामिटारे, बरिष्ट साहित्यकार भक्क घिमिरे लगायतका दुई दर्जन भन्दा बडी साहित्यकार नेपाली तथा भुटानी समाजबाट बिशिष्ट अतिथीका रूपमा उपस्थीत हुदै छन।

स्थानिय भुटनिज कम्युनिटी अफ हेरिस्वर्गले सह आयोजक बन्नेछ। सो तिन दिनमा प्रवासमा नेपाली भाषा संरक्षण कसरी गर्न सकिन्छ भन्ने बहस गर्न जरूरी छ।

यो समारोहमा साहित्य, कला र सङ्गित मार्फत सेबा गर्ने ५ जनालाई स्रटालाई सम्मान गरिने पनि गुरूले बताउनु भयो।

 

स्मरण रहोस भाषा र भुषाकै निम्ती देश छाडेका यि भुटानीले बरू भोक्कै मर्छन तर भाषाको मामिलामा यिनले कहिल्यै सम्झौता गर्दैनन।

-सिएम निरौला
अमेरिका

प्रतिक्रिया