अमेरिकाको मेरील्याण्ड राज्यको फ्रेडेरिकमा ज्वलनशील तरल पदार्थ बोक्ने एक इन्धनवाहन(ट्याङ्कर)मा आगलागी हुँदा चालकको मृत्यु भएको एनबिसी वाशिंगटन समाचारले जनाएको छ । उक्त दुर्घटना भए पछि त्यस क्षेत्रका राजमार्ग १५ उत्तर र दक्षिण तर्फ बन्द गरिएको थियो । अहिले दक्षिणतर्फ जानेसडक त्यसपछि फेरि खोलिएका छन्।
मार्च ४ शनिबारका दिन दिउसो उक्त घटना भएको फ्रेडरिक काउन्टी अग्नि नियन्त्रण प्रमुख टम कोले एक पत्रकार सम्मेलनमा भने।
करिब दिउँसो रोजमन्ट मार्ग (एभिन्यू)को श्ले एभिन्यू(मार्ग)को ५०० घरसमूह (ब्लक)मा घरमा आगलागी र गाडी विस्फोट भए पछि थुप्रै खबर प्राप्त भएको प्रमुखले बताए ।
उक्त गाडी पल्टिएको र दुर्घटनामा “पूर्ण रूपमा आगोमा डुबेको थियो”, कोले पत्रकार सम्मेलनमा भने। विस्फोटले वरपरको क्षेत्रमा आगो र ठूलो धुवाँ ल्याएको थियो ।
एप्पल एभिन्यू(मार्ग)मा तीनवटा घर र तीन वटा निजी सवारी साधन (कार)मा आगलागी भएको अधिकारीहरूले भने। ती घरहरू मध्ये एउटालाई “व्यापक क्षति पुगेको छ” र उक्त घरका बासिन्दाहरू विस्थापित भएका छन । अन्य दुई घरमा भने सामान्य क्षति पुगेको छ ।
अग्निनियन्त्रकहरूले ४० मिनेटमा आगो नियन्त्रणमा लिएका थिए र दिउँसो ३ः१५ बजे पत्रकार सम्मेलन सुरु हुँदासम्म पूर्ण रूपमा निभाइसकेको थियो।
कुनै अग्नि नियन्त्रक वा घरमा रहेका मानिसहरू घाइते भएका छैनन भने इन्धनवाहन (ट्याङ्कर) चालकको मात्र मृत्यु भएको छ ।
प्रतिक्रिया