पीडामय बसन्त

डिग बहादुर तामाङ्ग, भेडापु दोलाखा २०७९ चैत १७ गते २१:१५ मा प्रकाशित

बसन्ताका, बसन्तीहरुमा पनि,
रुखका डालीमा बसेर
गाँउन छाडे खुसीका गीतहरु
मेरा देशका परेवा र ढुक्कुरहरुले
नाच्न छाडे हिमालका डाँफे र मुनाहरु,
बरु पीडालले
शान्तीका लागि कराउँछन यी पन्छीहरु
गौतम बुद्धलाई सम्झेर
बिरहीका क्रन्दन राखेर शोककूल भावमा
यी पन्छीहरुमा पीडाले भरिएका छन,
कतै उनिहरुको गुँड र बचेराहरुलाई
आयाती बन्दुकका निसानी हुने डरले ।।
फर्किना नपाई झर्ना थाले
चैत्र महिनामा रातम्मे भएर फुल्ने
लाली गुँरास र चीमालहरु प्नि
आयात गरिएका नेताहरुले
बैदेशिक रोगहरु लगेर ।
डराउन थाले मानवहरु प्नि
आयाती सिपाहीहरु र बारुद र गोलाबारी देखेर ।

डिग बहादुर तामाङ्ग, भेडापु दोलाखा ।

प्रतिक्रिया