जुनेली रातको समयमा तिम्रो साथ खोजेको छु
यो मौसमले बोलाएछ कि हाँसेर बाचेको छु
जीवनमा खुसी हुन तिम्रो साथ पाएको छु
वर्षौँ वर्ष सम्मको माया प्रेम रहिरहोस् सोचेको छु
हर पल खुसी छ मन तिमि सँग भेट हुँदा
जुनेली रातमा गीत गाउँछु मनले सम्झिदा
यो मनमा शीतलता आउँछ तिम्रो हातले स्पर्श गर्दा
निद्रा पनि हराउँछ मेरो तिमिले बोलाउँदा
सम्झना आएर होला सागरले फाल्दछ तरङ्ग किनारा
यता उता घुम्ने गर्छ मन खोज्छु तिम्रै सहारा
यी पाखा पर्वतले हेर्छन् मेरो उज्यालो मुहार
न्यानो साथ रसिलो बोली यसैमा भुल्दछ संसार
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रतिक्रिया