काठमाडाैँ ।टुक्का साहित्य समाजकाे आयाेजना २०७९ चैत २३ गते विश्व स्वास्थ्य दिवस विशेष टुक्का कविता लेखन श्रृङ्खला ४३ सम्पन्न भएकाे छ ।
टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा विश्वभरिबाट ८० जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले नै गर्नु भएकाे थियाे भने सहभागीहरूले स्वास्थ्य सम्बन्धी सचेता जगाउँदै सुन्दर टुक्का कविताहरू सिर्जना गरेकाे थिए ।
टुक्का साहित्य समाजले चाडपर्व उत्सव समाराेहमा विशेष टुक्का कविता लेखन कार्यक्रमहरू सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा नियमित प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।
कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले कार्यक्रममा सहभागी सम्पूर्ण टुकणकाकारहरूलाई धन्यवाद दिँदै विश्व स्वास्थ्य दिवस २०७९ को अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
विशेष टुक्का कविता लेखन कार्यक्रममा सङ्कलन गरिएका टुक्का कविताहरू
[१]
१.
प्रदूषण बढेपछि धेरै राेग लाग्छ
वरपर सफा राखाैँ राेग आफैँ भाग्छ ।
२.
खानपान र व्यायाममा विशेष ध्यान दिऊँ
निराेगी भई हामी सबै स्वस्थ्य जीवन जिऊँ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[२]
१.
जहाँतहीँ फाल्नुहुन्न है, फोहोरजन्य कुरा,
लाग्नसक्छ रोग,अपनाऔँ सावधानी पूरा ।
२.
पोसिलो, ताजा खाना खाऔँ, सदैव फलफूल,
काम, आराम, व्यायाम नै हो स्वस्थताको मूल ।
✍️ वसन्त अनुभव
घोराही, दाङ
[३]
ए! काठमाडौँ भ्रष्टाचारी किन पाल्छस्
निर्दोषलाई जेलनेल किन हाल्छस् ।
✍️ डा.देवी पन्थी
[४]
१.
अमूल्य छ ज्यान हाम्रो ईश्वरले दिएको तन,
रुपियाँ पैसा केही होइन स्वास्थ्य नै ठुलो धन ।
२.
खानापानामा ध्यान दिने गरौँ सधैँ बानी,
नत्र भने पुर्याउला मुर्दाघाटमा तानी ।
✍️ राजेन्द्र प्रधान ‘पासा’
दार्जीलिङ ।
[५]
१.
स्वस्थ शरीर सुखी जीवन हुने आधार,
सचेतना दिनु हुने सम्पूर्णमा आभार ।
२.
आहार, विहार, विचारमा विशेष ध्यान दिऔँ,
बाचुन्जेल स्वस्थ शरीर लिइ सुख साथ जिऔँ ।
✍️ शर्मिला श्रेष्ठ
भैंसेपाटी,ललितपुर
[६]
१.
परोपकार र पुण्य मिल्छ राम्रो काम गरे
समाजमा सुवास छाउँछ सौन्दर्यले भरे।
२.
काव्यको रसपानले आनन्द दिलाउँछ
ज्ञानको सागरमा ज्ञान गङ्गा पिलाउँछ।
✍️ तेजप्रसाद खनाल
लमही दाङ।
[७]
१.
विश्व स्वास्थ्य दिवस भव्य मनाउँन पाइयो
वृक्ष रोपेर हामी सबै टुक्काकार आइयो।
२.
वातावरणको हामी संरक्षण गरौँ
हाम्रो अमूल्य जीवनको महत्त्व छरौं।
✍️ शिव कुमार रेग्मी
पोखराथोक, पाल्पा
[८]
१.
सफा घर र आँगनको साटोमा
मान्छे तिमी फोहोर फाल्छौ बाटोमा?
२
जब देख्छु म सडक छेउ बनेको फोहोरको पहाड
थुप्रिएर स्वार्थहरुले गरे झैँ लाग्छ तँछाडमछाड।
✍️ बि.कुलुङ
दार्जिलिङ, भारत
[९]
१.
स्वास्थ्य हाम्रो सम्पत्ति हो, यसको ख्याल राखौ
स्वस्थ रहि जिन्दगीको असल स्वाद चाखौँ ।
२.
धनभन्दा ठुलो सम्पत्ति हाम्रै स्वास्थ्य हो जानौँ
सरसफाइ गर्नलाई कत्ति अल्छी नमानौँ ।
✍️ राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौ
हाल- प्रवास
[१०]
न पोलौँ प्लास्टिक न फैलाऊँ प्रदूषण हो स्वास्थ्यको सवाल,
धुलो,डिजलको धुँवाले नै बिग्रिन्छ स्वास्थ्य मरिन्छ अकाल।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही १८
[११]
१.
स्वच्छ राखौ वातावरण सुग्घर बनाउ घर,
सङ्क्रमण र रोग नआउन हाम्रा वरपर।
२.
महामारी र रोग व्याधिलाई बढ्न दिनु हुन्न,
सफा ताजा भोजन गर्नुस् कुनै प्रकोपले छुन्न।
✍️ नवशिला
बेलबारी-२, लालभित्ती,मोरङ।
[१२]
१.
स्वास्थ्य बनेर सबैमा चेतना जगाऊँ,
सरसफाई सम्बन्धीका नारा बनाऊँ।
२.
स्वास्थ्य शरीर हाम्रो धन हो बुझिराखौँ साथी,
निरोगी रहेमा कोही हुन्न हामी भन्दा माथि ।
✍️ भगवती दवाडी
झापा
[१३]
१.
फोहोरमैला व्यवस्थापन मिलीजुली गरौँ
गाउँ र शहर जताततै सचेतना छरौँ ।
२.
प्रदूषण मुक्त रहन सबलाई गरौँ कर
स्वच्छ राखौँ टोल, छिमेक समाजको वरपर।
✍️ बाबुराम गौतम
गुल्मी
[१४]
१.
आफ्नो घर वरपरका क्षेत्रमा कदापि दूषित नपारौँ
सकेसम्म सरसफाईमा ध्यान दिँदै रोगव्याध नसारौँ।
२.
निरोगी हुनुछ भने खानपिनमा अति नै ध्यान दिनुपर्छ
साथसाथै वृक्षारोपण गरि स्वच्छ वातावरण लिनुपर्छ।
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[१५]
१.
सभ्य र स्वस्थ जीवन जिउन जताततै नै नथुक
संस्कारी व्यक्तिमा म पर्छु भनेर देखाउन नचुक ।
२.
सकेसम्म हामीले जतासुकै रुख बिरुवा लाउनु पर्छ
तब चारैतिरबाट चराचुरुङ्गी आएर गाउने गर्छ।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौँ
[१६]
१.
स्वस्थ रहन पौष्टिक आहार,
तन्दुरुस्त नै जीवनको सार।
२.
सबै खानेकुरामा विष मिसियो,
शरीर हानि गर्ने झन् लहसियो।
✍️ म्यामराज राई
भोजपुर ।
[१७]
१
कुरा सारे पर्छ चारैतिर झगडा ,
बिरुवा सारे वातावरण तगडा ।
२
मनकाे मैलाे फाल्न गराै हजुर भजन ,
हामी सबै मिली गराै फाेहरकाे जतन ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर
[१८]
१.
वातावरण सफा राखौँ यही हो हाम्रो धर्म,
स्वस्थ हुन हामी सबैले गरौँ असल कर्म ।
२.
एकैपटक जागरुक भई अब हामी जागौँ,
प्राकृतिक कुची गिद्धको संरक्षण गर्न लागौँ ।
✍️ रचना मोक्तान “यात्री”
काभ्रे
[१९]
झुट बोलेर देश आमा जोगिएन
सत्य बोलेर हिंसा भ्रष्ट रोकिएन ।
✍️ शुदर्शन शर्मा
सिरानचोक३ गोरखा
[२०]
१.
वातावरण सफा राख्ने बानी बसालौ हेर
फोहोर पर्दा दुर्गन्ध फैलिन लाग्दैन बेर ।
२.
सबै मानवमा सचेतना सधैँ जगाऊँ
रुख बिरुवा लगाई हराभरा बनाऊँ।
✍️ सरस्वती श्रेष्ठ
इटहरी
[२१]
१.
वरपरको वातावरणमा लगाऔं ध्यान
हेलचेक्र्याइँ गर्न खोज्दा जान्छ है हाम्रो ज्यान।
२.
स्वस्थ शरीर मूल मन्त्र यो नारा मात्र हैन
खानपानमा ध्यान दिँदा रोगले छुने छैन।
✍️अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,म्यासाचुसेट्स बोस्टन।
[२२]
स्वास्थ्य नै जीवनको अनमोल हो धन,
यही कुरा बिचारेर दीर्घजीवी बन ।
✍️ गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौ
[२३]
१.
साबुन पानीले मिची मिची हात धुने बानी गराैँ
आफ्नाे स्वास्थ्यकाे ख्याल गरेर सबैमा चेतना छराैँ ।
२.
सफा राखाैँ घर आँगन वातावरण स्वच्छ पाराैँ
लामखुट्टे किटाणु धपाई राेगहरू पर साराैँ ।
✍️ रश्मि रिमाल
झापा
[२४]
१,
फोहोरको प्रकृति हेरि अलगअलग पारौँ,
दुर्गन्ध बढ्नबाट बचाउन अलि पर सारौँ।
२,
जताततै फोहोर मैला प्लास्टिकका झोला,
चारैतिर सफाइ गरौँ गाउँघर खोला।
✍️ प्रदीप के रिमाल
इटहरी, कोशी प्रदेश।
[२५]
१.
सफा वातावरण स्वच्छ मन,
स्वस्थ शरीर जीवनकाे धन।
२.
मान्छे रोगी भए भने देश रोगी हुन्छ,
अङ्ग अङ्ग दुखाउँछ मन सधैँ रुन्छ
✍️ बिबस पारदर्शी
झापा
[२५]
१.
सबैमिली वातावरण सफा राख्नुपर्छ हेर
संक्रमण जन्य किराहरू आउने छैन धेर।
२.
वरिपरि पानी जम्ने खाल्डाखुल्डी राख्नु हुँदैन
वातावरण स्वच्छ राखे रोगहरुले छुँदैन ।
✍️ सरिता सेढाई
धादिङ
[२६]
१.
स्वस्थ रहन सकिएन भने जन्मिएको अर्थ हराउँछ
आफैँ हेलचेक्र्याईँ गर्छ मान्छे फेरि मृत्युसँग डराउँछ।
२.
स्वास्थ्य नै सम्पत्ति हो हाम्रो खेलबाड कसैले पनि नगर्नु
शरिर अशक्त र रोगी भैदियो भने हुन्छ बाँच्नु न मर्नु।
✍️ प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर
[२७]
मेलमिलाप भएर बस्नु पर्छ समाजमा
ध्यान दिनु छ है हामीले सधैँ खानपानमा ।
✍️ रितु बुढाथोकी
उदयपुर गाईघाट
[२८]
१.
वातावरण स्वच्छ भए प्रसन्न हुन्छ मन
स्वास्थ्य नै हो हाम्रो जीवनको सर्वश्रेस्ठ धन।
२.
घर आँगन सफा राखौँ सफा राखौँ पानी
स्वस्थ रहे तन र मन मस्त जिन्दगानी।
✍️ कपिल किशोर घिमिरे
दाङ्ग हाल, कैलाली
[२९]
१.
जिब्राेलाई सधैँ मज्जा दिने नगराैँ है मन,
स्वास्थ राम्राे भए मात्र बाँच्छ अमूल्य जीवन ।
२.
स्वादे जिब्राे अल्छे तिघ्राे अर्कालाई निल्छन्,
याेग छाेडी भाेग राेज्दा अपाङ्गमा मिल्छन् ।
✍️ निरज कोइराला
बेलका १ उदयपुर, हालः इटहरी
[३०]
१.
प्रदुषण फोहोर नगरौ भनाैैँ
स्वास्थ्य र निरोगी सबै जना बनौँ।
२.
यहाँ केही कुरामा नदिए ध्यान
अकालमा जान सक्छ हाम्रो ज्यान।
✍️ हिमा रोका
मेहेलकुना सुर्खेत
[३१]
१.
जीवनलाई स्वस्थ्य बनाई स्वत:स्फूर्त खटेर ,
जस्तो परिआए पनि अगाडि बढ्ने हो डटेर ।
२.
स्वस्थ खाना अवलम्बन अपनाऔँ बानी,
सु-सभ्यले पुर्याउनेछ अग्रतामा छानी ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[३२]
१.
गर्मीको मौसममा सचेत बन्नु पर्छ
कागज नजलाऊ निकै असार गर्छ।
२.
उमालेर पानी पिऊँ निकै हुन्छ राम्रो
रोगसँग लड्ने शक्ति बढाउँछ हाम्रो ।
✍️ सन्जना शर्मा
दाङ लमहङ
[३३]
१.
वातावरण स्वास्थ्य बनाऊँ,
जीवन यो स्वास्थ्यमा रमाऊँ।
२.
स्वास्थ्य बनौँ सफा राखौँ वातावरण सधैँभरि हाम्रो ,
नेपालको धन यो हरियो बन सुन्दर छ है राम्रो।
✍️ बेदु न्यौपाने
काठमाडौँ
[३४]
१.
जलवायु परिवर्तन प्रदूषण भाे अति,
पृथ्वीले हरपल यहाँ फेरिरहेछ गति।
२.
प्रकृतिलाई जाेगाऊँ साेचेर पाइला गनाैँ
स्वच्छ बनाई संसार आफू पनि स्वस्थ्य बनाैँ।
✍️ शान्ति याक्साे
काठमाडौं ।
[३५]
१.
स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको हुन्छ बास
ज्यान निरोगी भए हुन्छ दीर्घ आयुको आस ।
२.
नियमित सफा गरौँ धारा कुवा र पँधेरो
पानी सफा भए हाम्रो जीवन हुन्न अँधेरो ।
✍️ बाबुराम पाण्डे
शीतगंगा अर्घाखाँची
[३६]
१.
करेसा र कौसी खेती,गर्ने गरौँ बानी,
बजारको सब्जीले ,स्वास्थ गर्दछ हानी।
२.
ध्यान दिनु आहार विहार,पिउनु शुद्ध पानी,
निरोगी भएर बाँच्नु उत्तम, हो नि जिन्दगानी।
✍️ होम प्रसाद
धरान,सुनसरी ।
[३७]
१.
स्वास्थ्य नै सबैभन्दा ठुलो धन,
ख्याल राखाैँ शरीर, आफ्नाे जन।
२.
स्वास्थ्य शरीर भए सबै कुरा सक्छाैँ प्राप्त गर्न,
सन्तोषले सुख र शान्ति मनमा आनन्द भर्न।
✍️ शाेभा आचार्य गाैतम
काठमाडौँ
[३८]
१.
सर सफाई जीवनकै अङ्ग हो नि देख
भित्ता भित्ता मात्र हैन मन मनमा लेख।
२.
रोग व्याधि धपाउने यही हाे एक मन्त्र हरी
फोहर गर्नु हुन्न हामीले घरको वरीपरी ।
✍️ ईशहाक हुसैन
जीतपुर सिमरा १४ बारा
[३९]
१.
स्वास्थ्य रहन सबैले ख्याल गर्नु पर्छ,
सचेत हुन नसकेमा जीवन हर्छ।
२.
सफा भएमा टोल बस्ती रोग सबै भाग्छ,
नसोचेको हुदै जान्छ स्वस्थ जीवन लाग्छ।
✍️ दुर्गा आचार्य
मोरङ
[४०]
१.
दाजुभाइ दिदी बहिनी,एउटा कुरा सुन्नु
फाेहाेर मैला राेग विरुद्ध मनमनै गुन्नु ।
२.
घर भित्र घर बाहिर, दूषित नपारौँ,
दिनहुँ त्यतिकै अकालमा,ज्यान नमारौँ।
✍️ एवाइ प्रभात
सहिदभूमि धनकुटा, हाल मोरङ
[४१]
१.
जैविक खेती अनि खानाले पर्यावरण र स्वास्थ्य असल रहन्छ
यति अपनाउन सके प्रकृति र जीवन दुवै सलल बहन्छ।
२.
पर्यावरणको रक्षा नगरेमा आपद् झेल्न पर्ला
हाम्रो कर्तव्य हामीले नगरे अरू कसले गर्ला?
✍️ दीपक ठटाल जलन
खरसाङ
[४२]
१.
वरिपरि सफा सुघ्घर राखौँ
मौरीको घारबाट मह चाखौँ।
२.
स्वास्थ्य जीवन सबैको निमित्त हुन्छ ईश्वरभन्दा ठुलो
जानौँ धुम्रपान र मदिराले निम्त्याउँछ दवाई मुलो।
✍️ रतन पाण्डे ‘पारतन’
दार्जिलिङ
[४३]
१.
वातावरण स्वच्छ राखे हामी स्वस्थ हुन्छौँ
उन्नति र प्रगतिका शिखरहरू छुन्छौँ ।
२.
निरोगी बनौँ हामी बनाउँ ठुलो मन,
हाम्रो जिन्दगीमा स्वास्थ्य नै हो ठुलो धन ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[४४]
१.
वातावरण प्रदुषण भए राेग लाग्छ
स्वच्छ वातावरण भए आफैँ राेग भाग्छ।
२.
प्रकृतिलाई जाेगाउन सबै मनवलाई भनौँ
एकआपसमा हामीहरू सबै नै निराेगी बनौँ।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।
[४५]
१.
शिक्षा र स्वास्थ्य भन्दा अरू केही छैन ठुलाे
हटाऊँ सबै मिलेर गाउँठाउँकाे धुलाे ।
२.
वातावरण स्वास्थ सफा र हराभरा बनाऊँ
आउ हामी सबै मिलेर स्वास्थ्य दिवस मनाऊँ।
✍️ कल्पना भण्डारी
[४६]
१
हरेक वर्ष त मनाउँछौ विश्व स्वास्थ्य दिवस,
गरिबहरू कुपोषणमा जिउन छन् विवश।
२
मिहिनेत गरि पैसा कमाई पोसिलो खाना खाऊ,
बनाऊँ वातावरण सफा नमानी कहिल्यै झ्याऊ।
✍️ राजेश भट्टराई
सैनामैना ११,रुपन्देही
हाल भरतपुर चितवन
[४७]
१.
स्वास्थ्य नै धन हाे भन्छन् ,ख्याल गराैँ है याे तनकाे,
फाेहर मैला सफा गराैँ, बाहिर अनि मनकाे।
२.
प्रदुषणले ग्रस्त भयो हामी बस्ने धर्ती,
नराम्ररी बढ्न थाल्यो अस्पतालमा भर्ती।
✍️ मित्र उराठी गाैतम
अमरपुर, गुल्मी हाल तिलाेत्तमा न पा-२,रुपन्देही
[४८]
१.
सधैँ निष्कपट बस्ने दिव्य बानी समाउ,
स्वास्थ्यको विचार गरि निरोगी भै रमाउ।
२.
निरोगी भई बाँच्नु नै सबै भन्दा माथी,
स्वास्थ्य नै श्रेष्ठ धन हो बुझ्नु पर्छ साथी।
✍️अच्युत घिमिरे
भुटानबाट🇧🇹
[४९]
१.
स्वास्थ भन्दा ठुलाे हाेला कुन धन ?
सफा राखाैँ घर गल्ली आफ्नाे मन ।
२.
प्रदुषणकाे कारणले मान्छे भयाे राेगी
ओैषधी मुलाे गर्दागर्दा भएकाेछ जाेगी ।
✍️ भावना मञ्जु
माेरङ
[५०]
पानी पिऊँ धेरै कम खाना खाउ फुर्ती आउँछ
स्वस्थ हाँसोले जो मुस्कुराउछ सन्सार पाउँछ ।
✍️ पुस्पासायरा । विराटनगर ।
[५१]
१.
स्वास्थ्य नै हामी सबैकाे अमूल्य धन,
स्वास्थ्य रहनु पर्छ हामी मानव जन।
२.
स्वास्थ्य राखाैँ शरीर हाम्रो,
कुनै राेग नलागे राम्रो ।
✍️ सहयात्री शाेभा अर्याल
बुटवल, रुपन्देही
[५२]
१.
सफा रहोस् पर्यावरण स्वस्थ रहोस् जीवन
चिन्ता पीर भुल्नु छ अब पार्नु छ शान्त मन।
२.
योग गरौँ व्यायाम गरौँ सुधारौ आनीबानी
मूल मुहान सफा गरौँ पिउन सफा पानी।
✍️ रतन बिष्ट
आलिताल, डडेल्धुरा
[५३]
१.
जताततै फोहोर नगरौं,आ-आफ्नो सुधारेर बानी,
दैनिक हामीले पिउनु पर्छ सधैँ उमालेर पानी ।
२.
सरकारी निकाय,विद्यालय,क्याम्पस,बस हाम्रो साझा थलो,
शाैचालय, भवन वरपर सबै सफा राखौँ हुनेछ भलो ।
✍️ रामप्रसाद पुरी
बादेल खोटाङ ।
[५४]
१.
स्वास्थ्य सम्पति हो आफैले रक्षा गरौँ,
आफ्नो स्वास्थ्यको लागि आफै भर परौँ।
२.
स्वस्थ भए जनता अनि देश हुन्छ विकास,
समयमा विचार पुर्याऔँ अन्यथा विनास।
✍️ शरद प्रधानाङ्ग
विराटनगर-७
[५५]
१.
स्वस्थ जीवन मानिसको अमूल्य धन ,
सफा र ताजा खायौँ, बलियो हुन्छ तन ।
२.
घर वरपर सफा गरौँ , निरोगी बनौँ,
साथी भाइलाई पनि स्वस्थ जिउन भनौँ ।
✍️ बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[५६]
१.
स्वस्थ जीवनको मुख्य उदेश्य गरौ पूरा
जीवाणु किटाणु मार्न अौषधी हानौ छुरा ।
२.
घर वरिपरि सफा राखि,बालबच्चा निरोगी पार्नुपर्छ
भिटामिन युक्त खाना खुवाई, रोग खाल्डो खनि मार्नुपर्छ।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड
[५७]
थियो उहिले हराभरा सहर यो राम्रो
बढेपछि जनसङ्ख्या विचल्ली भयाे हाम्रो।
✍️ उदार
[५८]
१.
चट्ट आँगन सफा सुग्घर करेसाबारी ट्याम्म,
आनन्द प्रफुल्ल भयाे मन बारीभरिकाे झ्याम्म।
२.
घर आँगनकाे वातावरण सफा सुग्घर जुन गाउँमा हुन्छ,
सभ्यता झल्काउने त्यै गाउँमा आउने जाने सबैकाे मन छुन्छ।
✍️ धन कुमारी रेग्मी
चितवन भरतपुर
[५९]
१.
स्वस्थ खाना सफा पानी खाने हामी गराैँ
गाउँ बस्ती जताततै चेतना याे छराैँ ।
२.
फाेहाेर मैला जथाभावी फाल्नु हुन्न हेर
सचेत बनाैँ महामारी फैलिने सम्झेर ।
✍️ एस वि प्रगति
प्यूठान
[६०]
१.
धुलो धुवाले रोग लाग्छ जीवन पार्छ नर्क,
सचेत रहौँ रोग लाग्नबाट बनौं सतर्क ।
२.
फोहरले रोग लाग्छ बन्नुपर्छ सफा ,
सफा हुन चाहिंदैन कानुनको दफा ।
✍️ बिके माकजु
भक्तपुर ।
[६१]
१.
विश्व स्वास्थ्य संगठनका ठुला-ठुला छाता
धनि बाँच्दछ चैनले गरिबको विधाता ।
२.
अवसर खोज्दैछ युद्व अपराध गर्ने
विश्वलाइ भोकमरी कुपोषणले भर्ने।
✍️ जि कुमार गौतम
भद्रपुर-१ झापा
[६२]
१.
“सादा जीवन उच्छ विचार”लौ! राख्न सके राम्रो
व्यवहार सफा राखे हुन्छ सुखी जीवन हाम्रो।
२.
हामी सबैले पुन: बुझौँ लौ! स्वास्थ्य नै हो धन
वातावरण सफा राख्न गरौँ है सबैले मन।
✍️ परिक्रमा श्रेस्ठ
धरान -१५,सुनसरी ।
[६३]
१.
सबै मिलेर बढ्दै गरेको प्रदूषण हटाऊँ
फोहोरले हुने रोगसँग आफूलाई बचाऊँ।
२.
पोषण युक्त खुराक खाई स्वास्थ्य बनेर,
सङ्कल्प गराैँ सफा सुग्घर बन्छु भनेर ।
✍️ नीता गुरूंग भाटिया
गुवाहाटी, असम भारत।
[६४]
१.
स्वस्थ जीवन मस्त हुन्छ बाँच्नलाई सब
धनमात्र केही होइन रोग लाग्छ जब।
२.
अस्पतालका खर्च अनि व्यर्थ जान्छ काल,
खानपान उठबसमा धेरै गरौँ ख्याल।
✍️ मनोहरी पौडेल
गैडाकोट १, नवलपुर
[६५]
१.
वातावरण वरिपरि सधैँ सफा राख्नु पर्छ,
जताततै फोहरमैला भए रोगहरू सर्छ ।
२.
रोगहरुले सताउछ भए दूषित पानी,
सबै मिलि निर्मूल गरौँ रोगहरुको खानी।
✍️ नबिन बिष्ट
नबदुर्गा ४ डडेल्धुरा
[६६]
१.
स्वस्थ शरीर नै अमूल्य धन
सफासुग्घर नै आनन्द तन ।
२.
घर वरिपरि जम्ने पानी हटाऊँ
विकिरण हटाइ प्रकृति सजाऊँ।
✍️ राजेश्वरी राजोपाध्याय ( जरी )
ललितपुर, गाबहाल
[६७]
१.
आपसमा हातेमालोको जरुरत पर्छ ,
प्रदूषण फैलिएमा अनेक रोग सर्छ।
२.
स्वस्थ्य रहनुमा पहिला उपाय जीवन सुधार्नु,
खानपानमा ध्यान पुर्याई आवश्यकता बिचार्नु।
✍️ सुरेखा चाम्लिंग
भक्तपुर – २
[६८]
१.
साेचाैँ सही, बाेलाैँ सत्य, ध्यान र व्यायाम गराैँ
सुविचारले तनमनमा सुख शान्ति भराैँ ।
२.
फाेहर नगरी, रहनसहनमा सुधाराैँ कर्मलाई
सचेतना फैलाऊ हामीले विश्व स्वास्थ्य दिवस मनाई ।
✍️ रमादेवी बानिया
कटुन्जे, भक्तपुर ।
[६९]
१
सबैले आफ्नो आफ्नो स्वास्थ्यको विशेष ख्याल गरौँ
स्वस्थ जीवन बाँचेर लामो आयु जिएर मरौँ ।
२.
विश्व स्वास्थ्य दिवसका उपलक्ष्यमा स्वस्थ हुने रहोस् सबैमा चाहना
मेरो जस्तै नगाँजोस् कुनै रोगले कसैलाई मेरो लिनोस् शुभकामना ।
✍️ चूडा निर्भिक
काठमाडाैँ
[७०]
सफा मन हुनु पर्छ,
जसले निरोगी गर्छ।
✍️ सुशीला पाैडेल
[७१]
१.
सफा सुग्घर मान्छेले हरदम गर्नु पर्दछ,
दुर्गन्ध भए यिनैलाई विभिन्न रोग सर्दछ ।
२.
धर्तीमा जन्मिए मान्छे यी यहीँ नै बिदा हुन्छ,
स्वस्थसफा रहेसारा कसरी राेगले छुन्छ ?
✍️ ऋषिराम खनाल
मध्यबिन्दु – ६ – नवलपुर ।
[७२]
१.
वरिपरि सरसफाइ सबै मिली गरौँ
अरूको मुख ताक्ने हैन आफैँ अघि सरौँ।
२.
सहर बजार हेरौँ जताततै फोहोर
फोहोरको बाटामा हैजा ओहोर दोहोर।
✍️ भुषण जंग
हालः न्यू जर्सी
[७३]
१.
कविता लेखौँ न साथी रमेर
टुक्का यात्रा अभ्यासमा जमेर।
२.
स्वास्थ्य र हराभरा बनाऊ हाम्रो देश
हेर्न राम्रोआफ्नै भाषा आफ्नै परिवेश।
✍️ सरस्वती श्रेष्ठ
इटहरी
[७४]
१.
सरसफाइ गरौँ लगाइ निरन्तर मन
स्वास्थ्य नै हो जीवनको सबैभन्दा ठुलो धन ।
२.
यस्तो कुरा बुझेर अब अघि सधैँ आफै सरौँ
दिलोज्यान दिएर सरसफाइमा लागिपरौँ।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा
[७५]
१.
आराम व्यायाम खानपानमा सधैँ ध्यान दिनु
सबैभन्दा ठुलो धन भनि स्वास्थ्यलाई नै लिनु ।
२.
स्वास्थ भए सबै कुरा गर्न सक्छौ हामी
समाजमा केही गर्दै बन्नु पर्छ नामी।
✍️ प्रेमकला चापागाईं( सिटौला)
मेचीनगर – १२ सहरेडागी झापा
[७६]
१.
स्वास्थ्य शिक्षा राेजगार सुनिश्चित गर ,
समृद्धिकाे खुल्दा द्वार किन हुन्थ्यो डर ।
२.
एवम् रितले कट्दै जान्छ पर्व दिवसहरू ,
राेग व्याधिले मर्छन् कैयौँ निर्धा विवशहरू ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा
[७७]
१.
हुँदैन राम्रो कहिल्यै पनि भोलिको कुरोले
विश्वास हुन्न थाम्दैन सधैँ हातको चुरोले ।
२.
चेतना भए निरोगी हुन्छौ स्वास्थ्यको ज्ञानले
मनमा शान्ति ल्याउँछ पक्कै योग र ध्यानले ।
✍️ दस्ता कौशिक
पाँचथर।
[७८]
१.
सबैमा कहौँ
निरोगी रहौँ ।
२.
जिन्दगीमा सबैभन्दा स्वास्थ्य ठुलो धन
विश्वभरि सफा राखौँ लगाएर मन ।
✍️ गुणनिधि घिमिरे
अमेरिका
[७९]
१.
दुर्गन्धले मानिसकाे जीवनमा ठुलो असर पार्छ
खाने कुरामा झिँगाले नि विभिन्न किटाणुहरू सार्छ ।
२.
गाउँ ,टाेल ,सहर सफा राखाैँ नारा लगाओैैँ
सम्पूर्णलाई बुलन्द आवाज दिँदै जगाओैँ ।
✍️ केसर बाेहरा (संघर्ष )
सुदुरपश्चिम अछाम
[८०]
स्वास्थ अनि खानपानमा राम्राे विचार गर्नु
वातावरण सफा राखि स्वस्थ जीवन भर्नु ।
✍️ नवीन जाेशी
कैलाली
::::: जय टुक्का! जय साहित्य!! :::::
प्रतिक्रिया