यो संसारसङ्ग
कठिन संघर्ष गर्दै
हरपल आफ्ना अस्तित्व भुलेर
दु:ख, पिडाको कुम्लो बोक्दै हिडेकी आमालाई
किन आफ्नो सन्तानले
कहिल्यै बुझ्ने कोशिस गर्दैनन् ?
हरपल आधापेट,आधा गाँस खाएर
आफ्नो सन्तानको निम्ति
नघाउन्जेल खुवाउने आमालाई
किन आफ्नो सन्तानले
कहिले बुझ्ने कोशिस गर्दैनन्?
पुराना, थोत्रा कपडा लगाएर
आफ्ना सन्तानको आँङ ढाक्न
इज्जत राख्ने आमालाई
किन आफ्नो सन्तानले
कहिल्यै बुझ्ने कोशिस गर्दैनन् ?
हरेक दिन आफु अपमानित भएर
आफ्नो सन्तानको भविष्य सोच्ने आमालाई
किन कसैले कहिल्यै बुझ्ने कोशिस गर्दैनन्?
हिजो सानोमा डोर्याएका ती हातहरुले
आज आडम्बरी पन सिक्न थालेको छन्
कहिल्यै आमाको अनुहारको पसिना देख्दैनन्
तर कसैको आडमा आमालाई थर्काउन थालेको छन्!
तर आजभोलि
आदर्श आमा भएर पनि
हरपल सन्तानको खुसीमा
आँसु पिउँदै
आमाले आँसु नै जित मान्न थालेकी छन्
र
कैयौं दुखकष्ट झेलेर पनि
आफ्नै जिन्दगी सन्तानकै निम्ति
हारिदिन थालेकी छन्।
हारिदिन थालेकी छ।।
जय श्री पशुपतिनाथ
साहित्यकार कमला प्रसाईं
प्रतिक्रिया