भर्जिनियाको फेयरफ्याक्समा गायिका सिने गुरुङ ,मोक्ष मन्त्र ,स्नोमास र बेसमेन्ट सङ्गीत मण्डली(ब्याण्ड)को प्रस्तुती हुदै

इनेप्लिज २०८० वैशाख ३० गते ११:३३ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीको तन्दुरी नाइट्स चमेनागृहमा प्रसिद्ध गायिका सिने गुरुङ ,मोक्ष मन्त्र ,स्नोमास र बेसमेन्ट सङ्गीत मण्डली(ब्याण्ड)को प्रस्तुती हुने भएको छ ।

लगभग कोरोना महामारी पछि गायिका गुरुङ तथा सङ्गीत मण्डलीहरुले भर्जिनियामा एक साथ बिशेष प्रस्तुति दिने भएका छन् । कार्यक्रम आगामी मे १९ का दिन शुक्रबार हुने भएको छ भने कार्यक्रम ठिक ७ बजे सुरु हुने बताईएको छ । टिकट दर केवल २० डलर अगाडी खरिद गर्दा पाइने छ भने कार्यक्रम स्थलमा २५ डलर मा खरिद गर्नु पर्ने आयोजकले ईनेप्लिजलाई बताए ।

आयोजकले यस क्षेत्रमा बसोबास गर्ने र सङ्गीत प्रति रुचि राख्ने सबै नेपाली समुदायलाई उपस्थितिको लागि अनुरोध गर्दै सबैलाई चुलो निम्तो दिएका छन् ।

कार्यक्रमको ठेगाना 10312 willard way ,fairfax va 22030 रहेको छ भने कार्यक्रम तन्दुरी नाइट्समा हुनेछ ।

प्रतिक्रिया