लघुकथा : वाध्यता 

विवेक शर्मा गौतम हाल टोखा ३ काठमाडौ । २०८० जेठ २९ गते २१:३७ मा प्रकाशित

विवेक शर्मा गौतम

हाल टोखा ३ काठमाडौ ।

         

बाँच्नका निम्ति दुईवटा बाटो मध्य उसकी आमा एउटा रोज्न बाध्य भइन्। ऊ पाँच वर्ष पुग्दा स्कुल जाने झोला ल्याइ दिइन्।

उसको मनमा पढ्ने रहर टुसायो । झोलामा आमाले किताव र कापी राखि दिन्छिन भन्ने उसलाई आशा जाग्यो। तर त्यो नभएर झोलामापुराना जाङ्गे,कमिज र टोपी राखिन्। उसले स्कूलको ड्रेस होला भन्ने ठान्यो । पहिलो पटक स्कुलमै ड्रेस लगाउनु पर्ने होला भन्ने सोच्यो ।“ उसले किताब खोइ त आमा” भन्यो । “आमाले किताव चाहिदैन बाबु“ भनिन्। उसको मन सियोले घोचे झै चसक्क गऱ्यो । “कितावनभए त सरले गाली गर्नु होला नि त !”आमालाई भन्यो । आमा र ऊ घरवाट बाहिर निस्के। ऊ आमाको अगाडि लाग्यो। केहि पर दुई वटाबाटो फाटेको थियो । आमाले “बायाँ तिर लाग” भनिन् । “किन आमा स्कूल त दायाँतिर होइन र ?” उसले भन्यो । आमाले “नवोल चुपहिड ! ” अगाडि भनिन् । अलि अगाडि ठूलो बंगला आयो। उनीहरु बैठक कोठा भित्र पसे । मालिक्नी भित्रबाट आएर सोफामा बसिन ।“यहि हो काम गर्ने मान्छे ?” आमालाई सोधिन । “यसले ठूलो मान्छेले गर्ने काम गर्न सक्छ त ?” “सक्छ हजुर ! पाँच वर्ष पुग्यो आमालेभनिन्।”

मालिक्नीले दुईवटा हरिया नोट झिकेर आमालाई दिइन । उनले फाटेको चोलीको गोजिमा राखिन्। ऊ आमाको काखमा गयो । उसलेहरिया नोट होइन,आमाको बुबु खोज्दै थियो। उसलाई भुईमा भ्यात्त लडाएर आमा घर तिर हिडिन्।

(विश्व बालश्रम विरुद्ध दिवसको सन्दर्भमा)

२०८०-०२-२९

प्रतिक्रिया