आफ्नो खाएर अरुको कुरा नकाट्नु भन्छन्।
ओरालो लाग्ने तिनै हुन्छन् जो संधै गुनासो गर्छन्।
एक पल खुशी हुन मान्छे यहाँ २४ घन्टा ओझेल पर्छन्
फलेको वृक्षको हाँगा त संधै नुहिन्छ भन्छन्,
धेरै नुहिनेहरु फेरि जमिन मै पुग्छन्।
झुटो बोल्नेहरु संधै तनाव मै हुन्छन्,
सत्यता बचाउने कल्पना मै पूरै समय नष्ट गर्छन्।
अरुको रिस ,डाहा, आरिस गर्ने दुःखी र अशान्त हुन्छन्,
तिनीहरू नै खुशी र शान्त हुन्छन्, जो अरुको खुशीमा रमाउन सक्छन्।
सबैलाई खुशी पार्ने तागत कस्को छ र हजुर?
प्रगति गर्न पनि सत्रु चाहिन्छ भन्छन्।
जो संग जे छ त्यही मात्र दिन्छन्,
खुशी हुन खुशी बांड्नु पर्छ भन्छन्।
कुकर्म गर्नेहरु दुष्ट हुन्छन्,
सेवा र सहयोगी हातहरु नै महान हुन्छन्।
सुनीता
साहित्यकार /लेखिका
प्रतिक्रिया