लघुकथा-बाको महत्व

– अरुणबहादुर खत्री “नदी” २०८० असार ४ गते १०:४७ मा प्रकाशित

श्रीराम बाको घरमा गाइवस्तुु पालेको थियो । गाई भैसीको दूध लिन जानेको बिहान बेलुका भिड लाग्ने गर्दथ्यो । म पनि कहिलेकाही श्रीराम बाको घरमा भैसीको दूध लिन जान्थे । एकदिन बेलुका दूध लिन जाँदा दूध दुुहुने श्रीराम बा हुनुहुुदैनथ्यो । श्रीराम बालाई हामीले गफ गर्दै कुरेर बस्यौ । दूध बेच्ने घरको आमाले “खै दूध दुहुने बा कता हराउनु भयो होेला” भनिन् ।

श्रीराम बा नै चाहिन्छ आमा दूध दुहुन मैले भने । “यो घरमा बाले मात्रै दूध दुहुने गर्नुु हुन्छ अरुले दुुहुन सक्दैनन्” आमाले भनिन् । “कुुनै दिन बा यो घर छाडेर बाहिर कतै जानु भयो भने हामीले दूध किनेर खान पाउने भएनौ नि आमा” मैले भने ।

बूढानीलकण्ठ–४, पासिकोट, उज्यालोवस्ती, काठमाडौं
लघुकथा

प्रतिक्रिया