बाल्टिमोरमा आयोजित एक भोज कार्यक्रममा गोलाबारी, २ जनाको मृत्यु, २८ जना घाइते

इनेप्लिज २०८० असार १७ गते १५:१० मा प्रकाशित

मेरील्याण्ड राज्यको बाल्टिमोरमा आयेजना गरिएको एक घर समूह भोज( ब्लक पार्टी)मा गोलाबारी हुदा एक १८ वर्षीया महिला र २० वर्षीय पुरुषको मृत्यु भएको र अन्य २८ जना घाइते भएका अधिकारीहरूले बताएका छन्।

घटनास्थलबाट नौ जनालाई अस्पतालमा लगिएको र २० जनालाई यस क्षेत्रका अस्पतालहरूमा लगिएको छ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

१८ वर्षीय युवतीको घटनास्थलमै र २० वर्षीय युवकलाई अस्पतालमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

१२ जना बिरामीको उपचार भइरहेको छ भने चार जना बिरामीहरूलाई बाल चिकित्सा आपतकालीन विभागमा उपचार भइरहेको सिएनएनले जनाएको छ ।

प्रहरीले बिहान १२ः३० बजे पछि धेरै मानिसहरुले यस बारे जानकारी दूरवार्ता( फोन)बाट गराएको बाल्टिमोर प्रहरी कार्यवाहक आयुक्त रिचर्ड वर्लीले बताए ।

यस समयमा संदिग्ध वा उद्देश्य बारे कुनै जानकारी नभएको तर अन्वेषकहरूले “बृहत् अपराध स्थलमा काम गरिरहेको वर्लीले बताए ।

प्रतिक्रिया