लघुकथा-थुन्चे

– अरुणबहादुर खत्री “नदी” २०८० असार १९ गते २:३९ मा प्रकाशित

प्रकाशले नयाँ घर बनाउँदै गर्दा छिमेकी दिदी मिनाको घरमा थुन्चे माग्न पुग्यो । मिना दिदीले मेरो घरकोे थुुन्चे तपाईलाई दिन सक्दिन भनिन् । थुन्चे नपाएपछि प्रकाश दिक्क मान्दै आफ्नो घरतर्फ लाग्यो ।

अर्कोपटक छिमेकी घरको मिना दिदीलाई त्रिपाल चाहिएपछि प्रकाशको घरमा त्रिपाल देखेर माग्न पुगिन् । प्रकाशले हाँस्दै “दिदीलाई त्रिपाल दिउ कि नदिउ होला” भन्यो । मिना दिदीले “त्रिपाल मलाई तिन दिनको लागि चाहिएको हो” भनिन् । प्रकाशले “लैजानु दिदी” भनेर खुुसी हुँदै दियो । “दिदीकहाँ मैले एकदिन थुन्चे माग्न पुगेको थिएँ नि” प्रकाशले सम्झिदै भन्यो । प्रकाशले त्यसो भनेपछि “मकहाँँ भाइले थुन्चे माग्न आउँदा मैले दिन सकिन नि” दुःख मान्दै भनिन् ।

बूढानीलकण्ठ–४, पासिकोट, उज्यालोवस्ती, काठमाडौं

प्रतिक्रिया