गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका, नेपाली संस्कृति संरक्षण तथा संवर्धन समितिद्वारा प्रकाशित साहित्यिक कृति “साहित्य-सौरभ” को जुम कार्यक्रमका माध्यमबाट बिहीवार विमोचन गरिएको छ ।
आचार्य पीपलमणि सिग्देलको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि सहरी विकास मन्त्री माननीय सीता गुरुंग तथा विशिष्ट अतिथि हाउस अफ जनरल असेम्बली डेलिगेट मेरिल्यान्ड राज्य अमेरिकाका माननीय डा. ह्यारी भण्डारीले संयुक्त रुपमा पुस्तक विमोचन गर्नुभएको थियो ।
समितिका संरक्षक एवं अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले दीप प्रज्वलन गरी प्रारम्भ भएको कार्यक्रममा प्रधान सम्पादक राजेन्द्रप्रसाद अर्यालले स्वागत मन्तव्यका साथ विषय प्रवेश गराउनुभएको थियो ।
प्रमुख अतिथि मन्त्री गुरुंगले परदेशमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्धनमा निरन्तर कृयाशील एनआरएनए अमेरिकालाई बधाई र धन्यवाद दिंदै नेपाल राष्ट्र्को सर्वतोमुखी विकासमा हातेमालो गर्न सबैसँग आग्रह गर्नुभयो।
अर्का वक्ता कार्यक्रमका विशिष्ट अतिथि डेलिगेट माननीय डा. ह्यारी भण्डारीले मन्तव्यका क्रममा अमेरिकाको मेरिल्यान्ड राज्यलगायत अन्य केही राज्यहरुमा नेपाली भाषामा पनि ड्राइभिंग परीक्षा दिन पाईने भएकोमा खुसी व्यक्त गर्नुभयो। साथै उहाँको राज्य मेरिल्याण्डले नेपालीहरुको ठुलो पर्व दशैँमा विदा दिने बिल पास गरेको र स्कूलहरूमा नेपाली संस्कृतिको पनि पढाई सुरू हुन थालेको विषय जानकारी दिनुभयो।
समारोहमा एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, समितिका संरक्षक सर्वज्ञ वाग्ले, अनेसासका अध्यक्ष गोवर्धन पूजा, बिओटिका सभापति पदम विश्वकर्मा, समीक्षक डा. छत्रपति दाहाल, साहित्यकार निलम कार्की नीहारिका, साहित्यकार एवं फ्रेन्च भाषा विज्ञ हरिहर अर्याल, समाजसेवी परशुराम भण्डारी लगायतका वक्ताहरूले धारणा राख्नुभएको थियो ।
सम्पादक आचार्य चूडामणि पाठकले मंगलाचरण गरी प्रारम्भ भएको कार्यक्रममा सम्पादक कोमल भट्ट र प्रकाश पाण्डेले शुभकामना कविता सुनाउनुभएको थियो ।
सम्पादकहरू कृष्ण गिरी र गीता बजगाईले संचालन गर्नुभएको समारोहमा साहित्यकारहरु सुदीपभद्र खनाल, उर्मिला निर्दोषी, मोहन सिटौला, अग्नि पराजुली, मेनका पराजुली, रेवतीराज अधिकारी लगायतले विचार राख्नुभएको थियो ।
सो कार्यक्रममा एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर विश्वराज बास्तोला, साहित्यकारहरू वसन्त श्रेष्ठ, डा. ऋषी वस्ताकोटी, तीर्थ अधिकारी, अर्जुन पराजुली, डा. बद्री पोख्रेल, प्रा डा नवराज कट्टेल, मनोजमणि आचार्य, रीतादेवी प्रधान, उपप्रा. टेकनाथ दाहाल, सम्पादक डा. नीरजमान श्रेष्ठ, गोविन्द श्रेष्ठ, गौतम दाहाल, गोविन्द गिरी प्रेरणा, शरद ढकाल, राजु कोइराला, सरोज अर्याल, आविष्कार भारती, पूर्ण श्रेष्ठ, अयोध्या बाटाजु , लेखनाथ काफ्ले, खिमान्द पोख्रेल, अभिमन पसछे, अर्चना धाख्वा, दिपक थापा , युवराज पोख्रेल, सुरेन उप्रेति, अर्जुन मैनाली , गोविन्द श्रेष्ठ, लगायतका अतिथिहरूको उपस्थिति थियो ।
विशेषतः अमेरिका लगायत विभिन्न मुलुकमा रहेका १२० जना साहित्यकारहरूको सिर्जनाहरू समावेस साहित्य सौरभ कृतिमा २०४ पेजको रहेको छ।
प्रतिक्रिया