अमेरिकाको भर्जिनियाको वुडब्रिज शहरको उच्च बिद्यालयको शौचालयमा तीन साताअघि भएको लुटपाटमा चार किशोरहरुलाई पक्राउ गरिएको छ । अन्य दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
जुन १४ मा वुडब्रिजको फ्रिडम हाई स्कूल(उच्च बिद्यालय )को शौचालयमा १५ वर्षीय किशोरको मुठभेठ र लुटपाट भएको थियो। किशोरलाई प्रहार गर्दा सामान्य चोटपटक लागेको थियो जसलाई प्रहरीले जबर्जस्ती डकैती भनि संज्ञा दिएको थियो भनि डब्लुटिओपिले समाचारमा जनाएको छ ।
त्यही दिन एक विद्यालय स्रोत अधिकारीले तीन संदिग्धहरूलाई प्रहरीले तुरुन्तै हिरासतमा लिएको बताए । जसमा दुई १५ वर्षीय किशोरहरु र एक १७ बर्षिय किशोरहरु रहेका थिए ।
भोलिपल्ट थप तीन संदिग्धहरूको लागि आरोप लागेको थियो भने गत हप्ता ती तीन मध्ये एक १७ वर्षीयलाई हिरासतमा लिइएता पनि अन्य दुईको खोजी जारी रहेको प्रहरीले बताए । प्रहरीले अझै पनि वुडब्रिजका १७ वर्षीय अज्ञात युवक र वुडब्रिजका १८ वर्षीय जेरोम ओकाइन अमर्टेको खोजी गरि रहेको छ ।
प्रतिक्रिया