क्यानाडाको टोरण्टोमा सुश्री पारिजात परिचर्चा कार्यक्रम हुँदै

इनेप्लिज २०८० साउन १४ गते १८:०५ मा प्रकाशित

३० जुलाई २०२३, टोरण्टो

टोरण्टोमा कृयाशील साहित्यिक संस्था नेपाली साहित्य समाज क्यानाडाको आयोजनामा चर्चित साहित्यकार गोविन्द गिरी प्रेरणा लिखित “सुश्री पारिजात” पुस्तकको परिचर्चा १२ अगस्त शनिवारका दिन हुने भएको छ ।

समाजले जारी गरेको विज्ञप्ति अनुसार टोरण्टोको स्कारवोरोमा सुश्री पारिजात परिचर्चा तथा कवि गोष्ठी कार्यक्रम हुंदैछ । झण्डै २ दशकदेखि वाशिङ्टन डिसी मेट्रो क्षेत्रलाई कर्मभूमि बनाएका साहित्यकार गोविन्द गिरी प्रेरणा सो कार्यक्रमका लागि अमेरिकाको वाशिंटन डिसीबाट टोरण्टो जाने भएका छन् ।

विसं २०७९ सालको मंसिरमा विमोचन भए यता नेपालका विभिन्न शहरहरूका साथै अमेरिकामा पनि परिचर्चा कार्यक्रम भएका छन् । यसैको निरन्तरतामा टोरण्टोमा परिचर्चा कार्यक्रम हुन लागेको हो ।

यसअघि विभिन्न लेखकहरूले पारिजातको जीवनी लेखेर प्रकाशित गरे तापनि “सुश्री पारिजात” विस्तृत रूपमा लेखिएकोले चर्चा र चासोको विषय बनेको छ ।

साँढे चार दशकदेखि निरन्तर साहित्य साधनामा सकृय प्रेरणाको यो २७ औं कृति हो र जीवनी विधामा पहिलो कृति हो ।

प्रतिक्रिया