टुक्का कविताको चौथो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा शनिवार भव्य रूपमा सम्पन्न भएको छ । टुक्का साहित्य समाजको आयोजनामा भएको कार्यक्रममा आधा दर्जन बढी टुक्का काव्य कृतिहरूको विमोचन गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका
कुलपति माननीय भुपाल राईले उक्त कृतिहरूको विमोचन गर्नुभएको थियोे ।
टुक्का साहित्य समाजका अध्यक्ष एवम् टुक्का प्रवर्तक ताराप्रसाद चापागाईँकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय भुपाल राईकाे प्रमुख आतिथ्यता रहेको थियोे ।
टुक्का साहित्य समाजका उपाध्यक्ष एवम् टुक्का प्रशिक्षक वसन्त अनुभवको स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका, काव्य विभाग प्रमुख प्राज्ञ बाबा बस्नेत, प्राज्ञ हंसावती कुर्मी, प्राज्ञ चेतनाथ धमला, आविष्करण नेपाल तथा चारु साहित्य प्रतिष्ठानका अध्यक्ष डा.देवी पन्थीलेविशिष्ट आतिथ्यता प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा पदमा शर्मा आँचल, शरद प्रधान, अरुण बहादुर खत्री नदी, डा.सावित्री श्रेष्ठ, शर्मिला श्रेष्ठ लगायत नेपाल र भारतबाट गरेर २०० भन्दा बढी साहित्यकारहरूकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा समाजका सचिव जमुना आचार्य काेइरालाले संस्थाकाे वार्षिक प्रतिवेदन र काेषाध्यक्ष रचना शर्मा प्रतिक्षाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे ।
उक्त कार्यक्रममा टुक्का कविता लेखन अभियानमा याेगदान पुर्याउने ८४ जना टुक्काकार तथा ५ वटा संस्थालाई सम्मान पत्र प्रदान गरिएकाे थियाे ।
उक्त कार्यक्रममा शुभकामना दिँदै कुलपति भुपाल राईले नेपालमा प्रवर्तन भएका लघु तथा लघुत्तम विधाहरूकाे बारेमा प्रष्ट बुझेर ती विधाहरूलाई स्थापित गर्ने कार्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले साथ दिने प्रतिवद्धता व्यक्त गर्नु भएकाे थियाे ।
प्रज्ञा सभा सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले दुई हरफमा लेखिने टुक्का कविता लेखन अभियान शुरु भएकाे चार वर्षकाे अवधिमा नै यति धेरै पुस्तक तथा हजाराैँ सर्जकहरूकाे सहभागिता हुनुले याे उपविधा छिट्टै स्थापित भएर संसारभर फैलन सक्ने अवस्था देखिएकाेमा खुसी व्यक्त गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागले नेपालमा नै खाेज अनुसन्धान र प्रवर्तन भएका विधाहरूलाई स्थापित गर्न सक्दाे सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएकाे थियाे ।
डा देवी पन्थीले अब नेपाली साहित्यमा विदेशमा प्रवर्तन भएका आयातित विधाहरू भन्दा पनि नेपालमा नै शुरुवात भएका माैलिक विधाहरूलाई नेपाली साहित्यले आफ्नाे विधाकाे रुपमा स्थापित गर्दै अब साहित्य आयात हैन निर्यात गर्नुपर्छ भन्ने कुरामा जाेड दिनुभएकाे थियाे ।
पदमा शर्मा आँचलले नेपालबाट शुरुवात भएकाे दुई हरफमा लेखिने टुक्का कविता भारत हुँदै बिस्तारै बिस्तारै संसारभर नै फैलिन लागेकाेमा शुभकामना व्यक्त गर्दै हिन्दी तथा नेपाली भाषाका टुक्का कविताहरू वाचन गर्नु भएकाे थियाे ।
कार्यक्रममा विमोचित कृतिहरूमा ऐतिहासिक टुक्का यात्रा (संयुुक्त सङ्ग्रह, दाेस्राे संस्करण), व्यङ्ग्य कन्तुर (संयुक्त टुक्का कविता सङ्ग्रह), म्यामराज राईको एकल टुक्का कविता सङ्ग्रह महक, पुष्पा राईको एकल टुक्का कविता सङ्ग्रह पुष्पाश्री, रामप्रसाद पुरीको एकल टुक्का कविता सङ्ग्रह टुक्का सुधा, भगवती दवाडी अधिकारीको एकल टुक्का कविता सङ्ग्रह बन्धन, राजेन्द्र पासाको एकल टुक्का कविता सङ्ग्रह तरङ्गित छालहरू र नागेन्द्र प्रसाद यादवको अवधी भाषाको कविता सङ्ग्रह कथरी रहेको छ ।
प्रतिक्रिया