अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको भवन खरिद एवं निर्माणका लागि अनेसास भवन समिति गठन गरिएको छ ।
अनेसासका संस्थापक सदस्य, पूर्व अध्यक्ष तथा वर्तमानमा बोर्ड अफ ट्रष्टीका सल्लाहकार पुरु सुवेदीको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति गठन गरिएको छ । अनेसासका पूर्व अध्यक्षहरू, बोर्ड अफ ट्रष्टी र केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, सल्लाहकारहरू, च्याप्टर अध्यक्षहरू उक्त समितिमा रहेका छन् ।
अनेसासका संस्थापक सदस्य, पूर्व अध्यक्ष तथा वर्तमानमा बोर्ड अफ ट्रष्टीका सल्लाहकार पुरु सुवेदीको संयोजकत्वमा १३ सदस्यीय अनेसास भवन व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समितिमा उपसंयोजकमा बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा तथा केन्द्रीय अध्यक्ष गोवर्धन पूजा, सचिवहरूमा बोर्ड अफ ट्रष्टीका महासचिव प्रकाश नेपाल र केन्द्रीय महासचिव विमला निरौला, कोषाध्यक्षहरूमा निजानन्द मल्ल, केन्द्रीय कोषाध्यक्ष र बोर्ड अफ ट्रष्टीका कोषाध्यक्ष, सदस्यहरुमा बोर्ड अफ ट्रष्टीका उपसभापति द्धय विष्णुप्रसाद घिमिरे र तीर्थराज पाण्डेय, बरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, अनेसास डिसी च्याप्टरका अध्यक्ष पुष्कर पन्त, अनेसास मेरिल्याण्ड च्याप्टर अध्यक्ष पूजा चन्द तथा अनेसास डिसी च्याप्टरका उपाध्यक्ष कविन्द्र सिटौला सदस्य रहनु भएको १३ सदस्यीय भवन समिति गठन गरिएको छ ।
साथै अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, बोर्ड अफ ट्रष्टीका पूर्व अध्यक्ष डा. श्याम कार्की, बोर्ड अफ ट्रष्टीका निवर्तमान अध्यक्ष गीता खत्री, बोर्ड अफ ट्रष्टीका सल्लाहकारहरू द्धय रोहिणी शर्मा र तीर्थराज अधिकारी, केन्द्रीय कार्यसमितिका सल्लाहकार भारती गौतम, पूर्व अध्यक्ष मोहन सिटौला तथा निवर्तमान केन्द्रीय कार्यसमिति अध्यक्ष प्रकाश पौडेल “माइला” रहनु भएको सल्लाहकार समिति गठन गरिएको छ ।
उक्त निर्णय हालै सम्पन्न बोर्ड अफ ट्रष्टी र केन्द्रीय कार्यसमितिको संयुक्त बैठकमा गरिएको हो ।
प्रतिक्रिया