चक्रपथ परिक्रमा बसभित्र यात्रुहरु कोचाकोच थिएँ । महाराजगञ्ज बसस्टपमा बस रोकिएपछि एकजना महिला काखीमा बच्चा बोकेर बसमा चढिन् । बसको खलासीसँग “भाइ मैले मेरो सानो छोरा बोकेको छु एउटा खाली सिट मिलाइदेऊ न” उनले भनिन् । बसको खलासीले बसको सिटमा बसेको एउटा करिब पच्चिस वर्षको यात्रुलाई “भाइ तिमीले त्यो सिट बच्चा बोकेको दिदीलाई बस्न देऊ तिमी उठे पनि हुन्छ” भन्यो ।
“मलाई बसको भाडामा छुट दिनुहुन्छ भने म बसको सिट उहाँलाई बस्न दिएर उभिन्छु । नत्रभने आफू बसेको सिटबाट उठ्न सक्दिन” त्यो यात्रुले भन्यो । “तिमीलाई कति पनि दया लाग्दैन बच्चा बोकेको आमालाई बसमा उभाएर आफू बसको सिटमा बस्न आत्माले मान्दैन” बसको खलासीले भन्यो । “त्यसो भए म एउटा गरिब परिवारमा जन्मेको मान्छे हुँ मसँग आज तपाईले बसको भाँडा कत्ति पनि नलिनु” त्यो यात्रुले भन्यो ।
बूढानीलकण्ठ–४, पासीकोट, काठमाडौं
प्रतिक्रिया