२०८० साल भदौ १५ गते, काठमाडौँ ।
सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल फोटोपुस्तकलाई २०८० साल भदौ १५ गते
सार्वजनिक गर्न पाउँदा नेपाल पिक्चर लाइब्रेरी अत्यन्तै उत्साहित छ । सन् २०१८ देखि नेपाल पिक्चर
लाइब्रेरीले नेपालको महिलावादी अनुभवबारे सार्वजनिक संग्रह निर्माण गर्ने उद्देश्यसहित तस्बिरहरू तथा
अन्य अभिलेख सामग्री संकलन गर्दै आएको छ । तस्बिर प्रदर्शनीका लागि प्रबन्धन गर्दै सुरु भएको
सार्वजनिक जीवनमा महिला ग्रन्थले यसै अभिलेखका सामग्रीलाई प्रस्तुत गरेको छ । १५० भन्दा धेरै व्यक्ति
तथा संस्थाबाट प्राप्त सामग्री र श्रमबाट सिर्जित यो फोटोपुस्तकले विगतका क्षणका झल्को प्रस्तुत गर्दै
सर्वजनिकता आफैँमा कसरी एक महत्त्वपूर्ण महिलावादी रणनीति हो भन्ने देखाउँछ ।
यो अभूतपूर्व प्रकाशन सार्वजनिक जीवनमा महिला समग्रमा महिलावादको अभिलेखात्मक तथा वस्तुपरक
अभिमुखताबारे साबिती पनि हो । ५०० भन्दा धेरै तस्बिरसँगै प्रदर्शनीका क्रममा लेखिएका पाठ्यवस्तु र यसै
ग्रन्थका लागि प्रबन्धकद्वय दिवस राजा केसी र नयनतारा गुरुङ कक्षपतिले गरेको संवादलाई नेपाली तथा
अँग्रेजी भाषामा समेटेको यस ग्रन्थले सार्वजनिक स्मृति तथा महिलावादी इतिहासबारे आधारभूत
प्रश्नहरूलाई केलाएको गरेको छ।
लेखक तथा नागरिक समाज अभियन्ता खगेन्द्र संग्रौलाले यस परियोजनाको महत्त्वबारे प्रशंसा गर्दै भनेका
थिए, ‘राणा शासनदेखि पञ्चायतकालहुँदै बहुदलीय प्रजातन्त्र तथा माओवादी विद्रोहसम्ममा नेपाली समाज
तथा राजनीतिक आन्दोलनहरूमा महिलाहरूको अहम भूमिकालाई स्पष्ट देखाइएको छ ।
इतिहास तथा समाजबारे गहिरो बुझाई राख्ने र भाषिक दक्षता भएका कसैले यी अभिलेखलाई प्रबन्धन गर्ने
हो भने तिनले नागरिकहरूको सच्चा इतिहास लेख्ने थिए।
यस परियोजनाका लागि पुराना फोटोहरूको महत्त्वबारे मनन् गर्दै यस परियोजनाका दुई प्रबन्धकमध्ये एक
तथा नेपाल पिक्चर लाइब्रेरीका अध्ययन तथा अभिलेखन प्रमुख दिवस राजा केसीले भने, ‘फोटोहरू फगत
प्रमाणिक दस्तावेज मात्रै हैनन् । यी त्यस्ता वस्तु हुन् जसले निरन्तर रूपकका हैसियतमा, लालित्यको
दृष्टिकोणबाट र भावनाको कसीमा आफूलाई व्याख्या गर्ने आदेश दिइरहेका हुन्छन् । हामीले विगतबाट
अपेक्षा गर्ने सत्यहरूमा यस प्रकारका सत्यपनि अन्तर्निहित हुन्छन् भन्ने अवसर हामीलाई फोटोहरूले दिन्छन्
भन्ने तथ्य मेरोलागि अमूल्य छ ।
त्यसैले फोटोसंग्रहका हैसियतमा यस परियोजनाको प्रस्तावना यो छ कि हामीले महिलावादी सत्य भन्ने
स्वीकारेका मान्यताहरूलाई भंग गर्दै बरु आफूलाई व्याख्यानिर्माणहरूको सघन वनबीच उभ्याऔँ ।
महिलावादका धार तथा दिशाहरूबारे स्थापित भाष्यहरू धारण गरेर उभिनुको साटो यस अभिलेखले नूतन
सम्बन्धहरू, मूल्यांकनहरू तथा अर्थहरू कोर्न प्रेरणा दिन्छ ।’
नेपाल पिक्चर लाइब्रेरीकी सहसंस्थापक तथा निर्देशक नयनतारा गुरुङ कक्षपतिले यस पुस्तकले बोकेको
अतुल्य सम्भावनाबारे भनिन्, ‘प्रदर्शनीहरूले यस सामग्रीसँग विभिन्न दर्शकवर्गको साक्षात्कार निर्माण गर्न र
महिलावादी स्मृति परियोजनामार्फत हामीले इतिहासकथनका निम्ति अपनाएको अरेखात्मक, सोपानरहित
तथा आख्यानत्मक उपायलाई थप टड्कारो पार्न सम्भव बनाएका छन् । यस पुस्तकले धेरै पाठकमाझ पुगेर
तथा यस अभिलेखको अझै सूक्ष्म पठन तथा पुनर्पठनलाई बढावा दिने सम्भावनाबारे म अत्यन्तै उत्साहित छु
। प्रदर्शनीभन्दा प्रकाशन धेरै टिक्छन् । तर अझै धेरै प्रदर्शनी निर्माण गरेर गल्लीगल्ली, विद्यालय, कलेज तथा
अन्य सामुदायिक स्थलहरूमा स्थापना गर्न पनि म इच्छुक छु ।’
यस परियोजनामा योगदान दिएकी अध्येता निकिता त्रिपाठीले आफ्नो अनुभवबारे मनन् गर्दै भनिन्, ‘मैले
उस परियोजनाको विस्तारबारे सम्पूर्णतामा बुझेकी थिइनँ तर यसले मलाई कतिधेरै मेधावी तथा मिहिनेती
मानिसहरूसँग काम गर्ने अवसर दियो जसबाट मैले धेरै विषयमा सिकेँ । कुनै अभिलेख — र विशेषगरि
हामीले निर्माण गरिरहेको अभिलेखलाई — एक भण्डारको रूपमा मात्रै हेर्नुभन्दा बढी त्यसमा निहित
भिन्नभाष्यले हाम्रा वैयक्तिक तथा सामूहिक इतिहासका लागि के सम्भावना राख्छन् भन्ने सोच्नुबारे उत्साहित
भएँ । आफ्ना फोटो दिएर अभिलेख निर्माणमा सघाउने हाम्रा योगदानकर्ताहरूको नितान्त निजी स्थान तथा
स्मृतिसम्म प्रवेश पाउँदा म धेरैपटक अत्यन्तै भावुक र कृतज्ञ भएकी थिएँ ।’
अर्की अध्येता अगस्तया थापाले आफ्ना भावना यसरी व्यक्त गरिन्, ‘मेरा सहअध्येता, नेपाल पिक्चर
लाइब्रेरीको समूह तथा काठमाडौँबासी थुप्रै प्यारा साथीहरूसँग नेपालमा महिलावादी आन्दोलनको
ऐतिहासिक परिदृश्यमा छोटो समयका लागि तर अत्यन्तै शिक्षाप्रद यात्रा पश्चात महिलावादी स्मृति
परियोजनाको यस प्रकाशन नजिकिँदै आएको गन्तव्यको न्यानो अँगालोसरह छ ।’
सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहलले पाठकहरूलाई नेपाली इतिहासलाई
आकार दिनमा निर्णायक भूमिका निर्वाह गरेका महिलाहरूका विविध, जुझारु तथा सूक्ष्म कथामा भिज्न
आमन्त्रण गर्दछ । यो प्रकाशन राष्ट्रिय इतिहासलाई बुझ्न अत्यन्तै आवश्यक तर प्राय: ओझेलमा पर्ने र पारिने
भाष्यहरूलाई संरक्षण तथा साझा गर्नप्रति नेपाल पिक्चर लाइब्रेरीको अडिग प्रतिबद्धताको एक उदाहरण
हो ।
नेपाल पिक्चर लाइब्रेरीको बारेमा
नेपाल पिक्चर लाइब्रेरी फोटो.सर्कलद्वारा संचालित एक डिजिटल फोटो संग्रह हो। यो नेपाली सामाजिक
तथा सांस्कृतिक ईतिहासको एक व्यापक र समावेशी दृश्य संग्रह बनाउन प्रयासरत छ । स्थापनाकालदेखि नै
नेपाल पिक्चर लाइब्रेरीले नेपालभरिका विभिन्न निजी तथा संगठनात्मक स्रोतहरूबाट १,५०,००० भन्दा बढी
फोटो संकलन गरेको छ। यो संग्रहले नेपाली इतिहासको बहुसाँस्कृतिक र बहुलवादी प्रतिनिधित्व गर्ने
सामाग्रीका लागि सुरक्षित र खुला भण्डारको रूपमा मद्दत पुर्याउँछ । यसले सक्रिय सार्वजनिक संलग्नताको
माध्यमको रूपमा पनि कार्य गर्दछ जसमार्फत नेपालीहरूले विगतसँग अर्थपूर्ण सम्बन्ध बढाउन सक्छन्।
सार्वजनिक दर्शकगणको निम्ति र उनैसँग मिलेर दृष्टिगत रूपमा घना नेपाली इतिहासको संस्करण निर्माण
गर्ने नेपाल पिक्चर लाइब्रेरीको उद्देश्यबमोजिम यसले संग्रहालय डिजाइन, संरक्षण, क्युरेसन, प्रदर्शनी,
ग्राफिक डिजाइन, मौखिक इतिहास, लेखन, शिक्षा, नृवंशविज्ञान (एथनोग्राफी), दृश्य संस्कृति, मिडिया, कला
इतिहास, फोटोग्राफी र प्रकाशनमा दख्खल राख्ने र विशिष्ट ज्ञान भएका पेसेवरहरूको सञ्जाल बनाएको छ ।
श्रेय
प्रबन्धक : दिवस राजा केसी; नयनतारा गुरुङ कक्षपति
डिजाइन: भ्यालेन्टिना अबेनाभोली
नेपाली अनुवाद: प्रविण अधिकारी
अंग्रेजी सम्पादन: एल्स्टन डीसिल्भा
नेपाली सम्पादन : राजेन्द्र महर्जन
संस्था : नेपाल पिक्चर लाइब्रेरी
निर्माण: शिखर भट्टराई; बिराज महर्जन
अनुसन्धान डिजाइन: दिवस राजा केसी
अनुसन्धान संयोजक: बुनु ढुंगाना; युत्सा दाहाल; मुना गुरुङ
अनुसन्धानकर्ता: अगस्तया थापा; निशा राइ ; निकिता त्रिपाठी; अमिता शर्मा;
हिक्मत नेपाली; मधु शाही; मणिका झा; निशु जोशी;
पर्वत पोर्तेल; रेणुका गिरी; सविता पाण्डे; सावित्री गौतम; शिखा किरण; सीता मादेम्बा; सरिता थापा
थप जानकारी, अन्तर्वार्ता र मिडिया जिज्ञासाको लागि, कृपया सम्पर्क गर्नुहोस्:
[email protected]
हाम्रा गतिविधिहरूमा अपडेट रहनुहोस्: https://www.nepalpicturelibrary.org
हामीलाई सामाजिक सन्जालमा पाउनुहोस: @nepalpiclibrary
प्रतिक्रिया