अहिलेका नारीको पीडा

विष्णु पगेनी सिग्देल , जर्जिया , अमेरिका २०८० भदौ २५ गते १:०२ मा प्रकाशित

अहिलेका नारीलाई झनै बढी दुख छ
नबुझेरै भन्ने गर्छन तिनलाई सुख छ

जागिर पनि खानै पर्ने अनि घरको धन्दा
पहिलेकालाई बरू सुख हाम्लाई भन्दा

साना नानी घर छोडी जागिर जानै परने
घर पनि चलाउनु छ कसो गरने

भन्न पनि नपाइने म सुत्केरी कमजोर
बसी बसी खाने मन नभा कहाँ हो र ?

हतार हतार काममा जानु परने सबेरै
काम सकेर घर आउँदा हुन्छ अबेरै

जति थकाइ लागे पनि भान्छाको काम बोनस
हाम्रा मनका वेदना कसले जानोस

छोरा छोरी हेर्ने परने भ्याउनु परने चार तिर
कहाँ गई पोख्नु बरै मनका यी पीर

आमासँग पोखु भने सार्है पीर मान्लिन
सासूसंग पोखूं भने के पो ठान्लिन

बाबाले नि भन्नु होला हिम्म्तिली छोरी छ
निकै ठूलो प्रगति सुखै सुख छ

दाजुले भन्दा होलान बहिनीको राम्रो छ
उनले पनि के बुझ्लान र व्यथा हाम्रो त

भाइसँग भनूँ भने सानो नै छ त्यो अहिले
आफैं बुझ्ला त्यो ठूलो हुन्छ जहिले

देख्छन सबले बाहिर बाहिर रमाई हाँसी हिंडेको
कोही देख्देनन दुख भित्र मन डुबेको

-विष्णु पगेनी सिग्देल , जर्जिया , अमेरिका

प्रतिक्रिया