हजुरबा -हजुरआमा दिवस सम्पन्न

इनेप्लिज २०८० मंसिर १८ गते ०:०२ मा प्रकाशित

गतबर्ष २०७९सालदेखि हरेक बर्ष मङ्शिरको तेश्रो शनिवारलाई हजुरबा- हजुरआमा दिवसका रूपमा मनाउन थालिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानडाले भानुजयन्ती २०७८का दिन मङ्शिरको तेश्रो शनिवारलाई हजुरबा -हजुरआमा दिवस मनाउने घोषणा गरेको थियो । अनेसास क्यानडाको आयोजनामा जूम मार्फत बिभिन्न देशदेशावरमा हजुरबा -हजुरआमा मनाइएको थियो । त्यस्तै अमेरिका ,क्यानडा ,अस्ट्रेलिया, नेपाल र युरोपका बिभिन्न शहरहरूमा हजुरबा -हजुरआमा दिवस सम्मन्न भएको थियो । यो बर्ष मङशिर १६ गते शनिवार २०८० तदनुसार डिसेम्बर २ तारिक
२०८०का दिन हजुरबा -हजुरआमा दिवस बिभिन्न देशमा आयो जना गरी हजुरबा हजुरआमालाई सम्मान गरियो । अनेसास केन्द्र र क्यानडाको सहआयोजनामा जूममार्फत हजुरबा -हजुरआमा दिवस सम्पन्न भयो । नेपाल भारत अमेरिका बेलायत क्यानड आदिका बिभिन्न शहरबाट सहभागीता रहेको थियो । कार्यक्रममा अनेसास केन्द्रका अध्यक्ष गोवर्धन पूजाको अध्यक्षता र अनेसास क्यानडाका अध्यक्ष तारा उप्रेतीको सहजतामा सन्चालन भएको थियो । कार्यक्रममा हजुरबा -हजुरआमा दिवसको आवश्यक्ता महत्वर शुरूवात बारेमा अनेसास केन्द्रका पूर्व महासचिव तथा अनेसास क्यानडाका सल्लाहकार सुरेन उप्रेतीले प्रकाश पार्नु भएको थियो ।

कार्य्रमको शुरूवातमा दिव्या दहालले हजुरबा -हजुरआमा सम्बन्धी कविता वाचन गरेर सुनाउनु भएको थियो । सम्पदा दुलाल मान्यता खरेल पृयदर्शन खरेले हजुरबा -हजुरआमासँगका मिठा पलहरूको स्मरण गर्दा सहभागीहरुका आँखा रसाएका थिए । सस्कृति बुढाथोकीले बैद्धिक दुई श्लोकहरु मन्त्रोच्चारण गरेर आफ्नो कविता वाचन गरेर सुनाउनु भएको थियो । पुनम मालाकार र राधेश्याम मालाकारले सुरेन उप्रेती द्धारा रचित हजुरबा -हजुरआमा गीत हजुरबुबा हजुरआमा, मन्दिरका हुन गजुरबुबाआमा देवीदेउता, घर नै मन्दिर हो हजूर हजुरआमा काखमा राखी, मिठा कुरा खुवाउने ।

हजुरबुबा ज्ञान भर्दै, सन्सार हामीलाई चिनाउने पौराणिक कथाहरू, युगौ युगका कुरा दुर्गा लक्ष्मी बिष्णु बुद्ध, सिकाउछन् है पुरा हजुरबुबा हजुरआमा, मन्दिरका हुन गजुर बुबाआमा देवीदेउता, घर नै मन्दिर हो हजूर आशिर्वाद लिन पाउँ ,सँधै शिरमा राखी मन्त्र जस्ता दिव्य वचन, सुनौ ध्यानमा राखी सेवा गरौ सँधै सँधै ,साक्षात् देवता हाम्रा ज्ञानगुणका भण्डार भगवान यी हाम्रा हजुरबुबा हजुरआमा, मन्दिरका हुन गजुर बुबाआमा देवीदेउता, घर नै मन्दिर हो हजूर गाएर सुनाउनु भएको थियो ।

कार्यक्रममा सस्कृती बुढाथोकीका हजुरबा हजुरआमा दुवैले सस्कृतका श्लोकहरु सुनाउँदै कार्यक्रमको महत्व बारेमा आफ्ना भनाइहरु राख्नु भएको थियो । भारतबाट प्रभात शर्माले आफ्ना नातीनातिनीहरु र यो पर्वका बारेमा विचार राख्नु भएको थियो । त्यस्तै धरान नेपालबाट इन्जिनियर हस्त राईले कार्यक्रमको सराहना गर्दै महत्वमाथि प्रकाश पार्नु भयो । भारतबाट विलोप शर्माले नेपाली भाषाको महत्व र हाम्रो दायित्व माथि प्रकाश पार्नु भएको थियो । नेपाली भाषा कक्षाका सम्योजक ब्रायन खड्काले नेपाली भाषालाई र सस्कृतिलाई बचाइ राख्न पनि यसप्रकारका कार्यक्रमहरूले महत्व राख्ने कुरा राख्नु भयो । कार्यक्रममा अनेसास क्यानडाक उपाध्यक्ष सन्तोष बराल कोषाध्यक्ष नविन सुवेदी बिशाल खरेल अनेसास केन्द्रकी सरिता अर्याल आदम राई राकेश शर्माको सहभागिता रहको थियो ।

अनेसास केन्द्रका कोषाध्यक्ष निजानन्द मल्लले आफ्नो भनाइ राख्दै बाल्यकालमा सुनेको हिसाब भन्ने कविता वाचन गरेर सुनाउनु भयो । अनेसास केन्द्रका प्रमोद सराङले आफ्नो कविता सग्रहबाट आमा शिर्षकको मर्मस्पर्सी कविता बाचन गर्नु भयो । अनेसासका पूर्व अध्यक्ष डाक्टर भानु भक्त आचार्यले आफ्नी विदवा हजुरआमाले लुकेर पढन सिकेको शिक्षाले परिवारका सबै पुस्ताहरूलाई शिक्षा प्रति प्रेरित गरेको कुरा सुनाउनु भयो ।

कार्यक्रमले तीनै पुस्ता नाती बुबाहरू र हजुरआमाबुबालाई जोड्ने कार्य गरेको र यसलाई बृहत रूपमा घरघरमै मनाउनु पर्ने कुरा सँचालिका तारा उप्रेतीले बताउनु भयो । कार्यक्रमका अध्यक्ष गोवर्धन पूजाले यो कार्यक्रमलाई अझ व्यापक बनाउँदै लानु पर्ने र यसको महत्वलाई सबैले आत्मसात गर्नु पर्नेकुरा बताउनु भयो ।

अन्य सँघ सस्थाहरूसँग पनि सहकार्य गर्दै यसलाई व्यापक गर्नु पर्ने बताउँदै सबैलाई धन्यवाद दिनु भयो ।

नेपालको LRI स्कुलले पनि आफ्नो बार्षिक कार्यक्रममा हजुरबा हजुरआमा दिवस मनाएको समाचार प्राप्त भएको छ । सो कार्यक्रमा केही फोटोहरू सम्लग्न गरिएको छ।

-सुरेन उप्रेती

प्रतिक्रिया