स्मृतिमा

मोहन सुवेदी, तेजपुर ( असम ) २०८० पुष ८ गते १८:२१ मा प्रकाशित

केही पनि नराख सम्झनामा

कसरी शुरू गर्यो बिहानीको घामले

कसरी सकियो अँध्यारोको स्थिति

मझेरीमा सारा रात उभिएर

अलिकति मनमा राख बरु

स्मृतिका पुराना पृष्ठहरू पढेर

एकदिन त निश्चय नै उम्रिनेछ

पोखरीको डीलमा रोपेको एउटा बीऊ

स्मृति चिह्नमा लेखियोस् कि म मान्छे थिएँ…….

प्रतिक्रिया