-“नमस्ते सर!”
-“नमस्ते नानी!”
अरू कुरा नगरी प्रमिला आत्तिँदै धाराप्रवाह आफ्नो विद्यालय शिक्षकलाई धाराप्रवाह रूपमा भन्छिन्: सरले एकचोटी भन्नुभएको थियो नि, ‘अपराध भएको हेर्नु त्यो अपराध गर्ने सरह नै हो’..
“हो” भन्दै राम सरले स्वीकृतिमा टाउको हल्लाए।
प्रमिला अघि बढिन्।सरले बिर्सनु भयो कि? भनेर म त डराएकी थिएँ।
“किन र?” सरको कौतुहलता पनि बढ्यो।
“अब केही भए अदालतमा सरकै नाम लिन्छु।”
“के भयो र?” ‘अदालत’ शब्दले साधारण जीवन शैलीका रामसरको आवाज बदलियो।
“सर, बाटा नजिकै रहेको एउटा घरको आँगनमा महिला र पुरूष दुई जना झगडा गरीरहेका थिए,त्यही बाटो हुँदै म पनि जाँदै थिएँ, एक क्षण हेरेँ, महिला पीडित झैँ लाग्यो, झट्टै सरको त्यो ज्ञान पुर्स्मरण भयो।मेरो पालो नजिकै रहेको एउटा बाँसले पुरूषलाई हिर्काएँ,टाउकोमै लागेछ,ठहरै भयो।पछि ती त लोग्ने-स्वास्नी रहेछन्,उल्टो स्वास्नीले मलाई गाली गर्न थालीन्।अहिले त उनले ज्यानमारेको अभियोगमा मलाई मुद्दा दायर गरेकी छन् रे।मैले पनि सरको शिक्षालाई आत्मसात् गरेकीले केही परे सरकै नाम लिन्छु भनेर भेट्न आएकी…” एकै सासमा प्रमिलाले आफ्नो कुरो टुङ्ग्याए झैँ गरिन्।सर अवाक्।
प्रतिक्रिया