सम्झना काफ्ले ,न्यूजर्सी युएसए
मनहरु
स्तब्ध
नि:शब्द
विचलित
निष्पन्द
र मौन छन्
ज्यानमाराहरुले
बिजय उत्सव मनाइरहंदा
एउटा सपना ढलेकोछ
आमाको मुटु फुटेको छ
भाइको भरोशा
अपराधीको गोलीले
लुटेको छ
मेरो देशका
निर्लज्ज
ज्यानमाराहरु
अझै बिजय उत्सव
मनाइरहेकै छन्
रमिता हेर्नेहरु
मौन छन्
दोस्रो गोली
आफ्ना छातीमा
आउने डरले
भयाक्रान्त छन्
मनहरु मौन छन्
विक्षिप्त छन्
प्रतिक्रिया