बज्जी पत्रिकाको १२ औँ अंक सार्वजनिक

इनेप्लिज २०८० पुष २९ गते १७:१९ मा प्रकाशित

रौतहट

बज्जिका साहित्यिक त्रैमासिक पत्रिकाको १२ औँ अंकलाई सामूहिक सार्वजनिक गरिएको छ । एक समारोहबिच रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह कानु, तुलसी साहित्य पुरस्कारका संस्थापक तथा बज्जिकासेवी समाजसेवी धर्मनाथप्रसाद जयसवाल, नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव मदन ठाकुर र कृषि ज्ञान केन्द्र रौतहटका अधिकृत विप्लव गुप्ताले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

सर्लाही सदरमुकाम मलङवाबाट प्रकाशित बज्जी पत्रिकाको कात्तिक, मंसिर, पुस अंकलाई रौतहटको गरुडास्थित होटल एनपिस्टारको कक्षमा सार्वजनिक गर्दै पत्रिकाले नेपाल र भारतका बज्जिका साहित्यकारको रचना प्रकाशित गरेर भाषिक र साहित्यिक अन्तरक्रियाको बाटो फराकिलो पारिरहेको सार्वजनिककर्ताहरुले बताएका छन् ।

पत्रिकाके बारहमा अंकमे रामचन्द्र महतो कुशवाहा, विपिनबिहारी सिंह, मणिभूषणप्रसाद सिंह, साधना कृष्ण, चन्द्रकिशोर, सञ्जय साह मित्र, रेखा यादव, ज्वाला सांध्यपुष्प, अखौरी चन्द्रशेखर, विश्वराज अधिकारी, चन्द्रशेखर रस्तोगी, राजेन्द्र ठाकुर, किशोरी प्रसाद, हेमा सिंह, सञ्जय महतो राज, प्रेमकुमार वर्माके कविता, गीत, गजल, हाइकु प्रकाशित छन् । यसै गरी डा. पूनम सिन्हा श्रेयसी र सकिना बेगमका निबन्ध प्रकाशित छन् । पत्रिकामा धनसिंह विश्व, कृष्ण बजगाईँ, अजयकुमार, रेणु गुप्ता, विक्रान्त शर्माका कथा, लघुकथा तथा नाटक प्रकाशित छन् भने रेखाकुमारी रायको लोककथा र शिवचन्द्र साहको अन्तर्वार्ता पनि प्रकाशित छन् । कृतिमा शिवचन्द्र साहको जय बज्जिका र सञ्जय महतो राजको बज्जिका महान कृतिको संक्षिप्त समीक्षा प्रकाशन गरिएको छ ।

सञ्जय साह मित्र प्रधान सम्पादक, किशुनदयाल श्रीकृष्ण व्यवस्थापक, सञ्जय सुदामा कार्यकारी सम्पादक र रामचन्द्र महतो कुशवाहा प्रकाशक – सम्पादक रहेको बज्जी साहित्यिक त्रैमासिक नेपालबाट बज्जिका भाषामा प्रकाशनरत पत्रिका हो ।

प्रतिक्रिया