औंसीको रात आएर होला!

सुनीता प्रसाई २०८० माघ ३ गते २:३५ मा प्रकाशित

जुन उदाएको देखिन।

धड्कन बढि नै रहयो

औंसीको रात आएर होला!

जुन उदाएको देखिन।

धड्कन बढि नै रहयो,

मुटु फेर्न सकिन।

दियौ जहर प्रेमको,

अंमृत ठानी पिइरहेंछु

मदहोषी तिम्रो कल्पनामा,

आफैंलाई हराई रहेछु।

शब्दहरुको खेलमा पारेर पो होकी?

अर्थ बुझ्न सकिन।

तिमी टाढा हुँदा पनि,

अर्को बाटो फेरिन।

फूल हौ कि मेरै भूल?

बुझ्न गार्हो भो,

ढुंगा हौ कि भगवान्,

चिन्न गार्हो भो।

सुनीता

तस्बिर रचना आज कै।

सुनीता प्रसाई

साहित्यकार /लेखिका

प्रतिक्रिया