सुन्दर सुदूरपश्चिमको राजधानी…………..

गोबिन्द राज ओझा (राजन) न.पा.२ दिपायल डोटी २०८० फागुन ६ गते २:२६ मा प्रकाशित

सुन्दर सुदूरपश्चिमको राजधानी दिपायल हुनुपर्छ

डोटेली जनताले आफ्नो स्वाभिमान जोगाउनुपर्छ

सबैले सम्झनुपर्छ डोटीको इतिहासका कथाहरू

अब सबैले पल्टाउनुपर्छ इतिहासका पन्नाहरू

नेता भएपछि सबै कुरा बुझ्न सक्नुपर्छ

डोटेली जनताले आफ्नो स्वाभिमान जोगाउनुपर्छ

यता उता किन दौडाई रहेका छौ

अब सबैलाई कुरा बुझाउँछौ

सुन्दर सुदूरपश्चिमको राजधानी दिपायल हुनुपर्छ

उठौँ जागौँ जनता सबै एकजुट हुनुपर्छ

निःस्वार्थी भावनाले सबैले हेर्नुपर्छ

सुन्दर सुदूरपश्चिमको राजधानी दिपायल हुनुपर्छ

प्रतिक्रिया