खगेन्द्र अधिकारी वासिंटन डि.सी, उत्तर अमेरिका
आफ्नो छंदा-खांदाको जन्मसिद्ध साथै सार्वभौम बंसजको नेपाली नागरिकता दु:खद् र खेदजनक रुपमा प्रभुहरुको ज़बर्दस्त ईच्छामा फिर्ता बुझाएर तीन पुश्तामा स्वत: समाप्त हुने नितान्त अधिकार विहिन “गैर आवासीय नेपाली नागरिकता” हाम्रो बिबादित “गैर आवासीय नेपाली अभियान”(NRN Movement) ले नेपाल सरका बाट स्वीकार गर्नु भनेको अदूरदर्शी र कच्चा सम्झौता थियो र हो पनि भन्नका लागि हिचकिचाहट गर्नु पर्दैन।
नेपालको तत्कालीन र विद्यमान ग़रीबीको अवस्थाका कारण आफ्नो पारिवारिक नाज़ुक आर्थिक स्थितिले गर्दा आफ्नो दैनिकि र जीवनस्तर माथी उठाउनका लागि भनेर अवसरको खोजिमा आफ्नो देश छोडेर लामो समय प्रवासी भूमिमा बसोबास गर्दै बाध्यात्मक परिस्थितिमा विदेशी मुलुकको नागरिकता समेत लिएका र आफ्नो जन्म सिद्ध अधिकार नेपालमा भएका निर्दोष नेपाली नागरिकहरुको लागि नेपाल सरकारले बिबादित र ठोस अधिकार नभएको तीन पुश्ता मै समाप्त हुने गैर आवासीय नेपाली नागरिकता प्रदान गरेर भूलभुलैयामा पारिएको बिषयलाई प्राकृतिक न्यायको सिद्धांत बमोजिमको सुनिश्चितता भनेर बुझ्न सकिदैन।
गैर आवासीय अभियन्ताहरुले आफ्नो निजी स्वार्थ भन्दा माथि उठेर गैर आवासीय नेपाली नागरीकहरुका हक़ अधिकार प्रतिस्थापित गर्ने र दु:खमा साथ दिन लागि परौं।
यसर्थ हामी सबै विदेशी भूमिमा रहेका नेपालीहरुले सार्वभौम सम्पन्न वंशजको जन्म सिद्ध नेपाली नागरिकताको निरंतरता यानेकी दोहोरो नागरिकताको सुनिश्चित व्यवस्थाको संघर्षको लागि अटल भएर आजै बाट कम्मर कसौं भन्ने हाम्रो सार्वजनिक र साझा बुझाईलाई स्थापित गर्न समझदारी सहित जिम्मेवार बनेर र संगै-संगै सहयात्री भएर सहकार्य गर्नु हामी सबैको आवश्यकता र समयको माँग हो। यस अर्थमा हामी सबैको साझा आवश्यकता र समयको माँगलाई सहजता पूर्वक ग्रहण गरौं।
यस महत्वपूर्ण कार्यमा सकारात्मक दृष्टिकोण सहित यथोचित रुपमा तत्पर हुँदै हामीहरुबाट अगाडीका समयहरुमा भए गरेका सबै खाले भूल- भूलैयाहरुबाट सचेत वन्न स्वीकार गरौं भनेर सकारात्मक रुमपा महसूस गर्न नितान्त ज़रूरी छ भन्दा अत्युक्ति नहोला।
गैर आवासीय अभियन्ताहरुले आफ्नो निजी स्वार्थ भन्दा माथि उठेर गैर आवासीय नेपाली नागरीकहरुका हक़ अधिकार प्रतिस्थापित गर्ने र दु:खमा साथ दिन लागि परौं।
दुःख पर्दा जसले मनै बाट परिश्रमी बन्दै उदार, दयालु र परोपकारी भएर साथ दिन्छ उहि हो सक्कली “ एनआरएनए” को अभियानलाई साथ दिने अभियन्ता।
समाजसेवी भएर समाजमा सहि उदाहरण मानिने सबैको साझा मान्छे भनेको नितान्त ईमानदार, दूरदर्शी र त्यागी मानिस नै हो।
निश्चित रुपमा अब समग्र गैर आवासीय नेपालीहरुलाई नक्कली अभियान, नक्कली अभियन्ता, कूतर्क र फोश्रो नारा होईन हामीलाई युगान्तकारी र दूरदर्शी सोचमा आधारित भएर सहयोगी हुने अभियान र अभियन्ताको जरुरत परेको छ।
समाजमा वितृष्णा फैलाउने झुट, घृणित र घटिया प्रवृत्तिलाई हाम्रो सुन्दर समाजमा समाजसेवीको नाम बाट ठगी गर्ने अधिकार वा सुबिधा कसैलाई थिएन, छैन र हुने पनि छैन।
समाजमा बेकारका, सस्ता साथै हलुका गतिविधि गर्ने, अनुपयोगी र महत्वाकांक्षी बिचारहरु बोकेका नितान्त निजी स्वार्थले ग्रसित मानसिकता भएका साथ-साथै दोक्ला, पिपल-पाते, चेपारे र अल्पकालिक सोचमा आकर्षित भएर र जताततै जताभावी कुराहरु बोलेर समाजमा वितृष्णा फैलाउने झुट, घृणित र घटिया प्रवृत्तिलाई हाम्रो सुन्दर समाजमा समाजसेवीको नाम बाट ठगी गर्ने अधिकार वा सुबिधा कसैलाई थिएन, छैन र हुने पनि छैन।
यस प्रकारका घृणित सोचमा आधारित नक्कली अभियान र अभियन्तालाई पुनः समुदायलाई समस्याग्रस्त गर्न छुट नभएको व्यहोरा खुलस्त गर्न आवश्यक छ।
बिदेशी भूमिमा स्थापित नेपाली सामाजिक संघ-संस्थाहरुले सामाजिक सेवाकाको सम्मान गर्न समानान्तर र उर्जावान बिचारहरुको प्रतिनिधित्व गर्दै हाम्रो मातृभूमि र प्रवासी भूमिका बिचमा सेतु बनेर सामाजिक संघ-संस्था मार्फ़त दोक्लापनलाई तिलांजलि दिएर निस्कलंकित हुदै समाजसेवी ज़िम्मेदारीको सुन्दर भूमिका निर्वाह गरेर कोसेढुंगा सावित हुन आवश्यक छ।
”महत्वपूर्ण र मर्मस्पर्शी सत्य तितो हुन्छ तर मर्दैन” भन्ने हाम्रो साझा बिस्वास हो।
उदार भावनामा आधारित हुँदै समग्रतामा विनम्र भावले सबै संग समदूरी कायम गर्दै दीर्घकालीन सोचमा रहेर हामीले परिश्रमी, ईमानदार र संघर्षशील व्यक्तित्व बन्नुका साथै यस अर्थमा नितान्त संवेदनशील उद्देश्य परिपूर्ति गर्ने महान कार्यको सिलसिलेवार सिलसिलामा स्थापित अभियन्ता बन्न जरुरी छ भन्ने बिस्वासमा दुईमत नहोला भन्ने लागेको छ।”महत्वपूर्ण र मर्मस्पर्शी सत्य तितो हुन्छ तर मर्दैन” भन्ने हाम्रो साझा बिस्वास हो।
अन्तमा “हामी सबैले सबैको भलो चिताउँ” भन्ने महान परोपकारी बिचारहरुहरुलाई व्यवहारमा उतार्न सबै लागि परौं।आगे आपकी मर्ज़ी।
लेखक खगेन्द्र अधिकारी उत्तर अमेरिकामा ईमानदार कार्यहरु बाट स्थापित बरिष्ट सामाजिक व्यक्तित्व हुँनुका अतिरिक्त विभिन्न सामाजिक संघ-संस्थाहरुमा आबद्ध हुनुहुन्छ।
प्रतिक्रिया