१५ औ यलम्बरहाङ् कप सम्पन्न

इनेप्लिज २०८१ वैशाख ९ गते ०:२२ मा प्रकाशित

गत २० एप्रिल २०२४ को दिन बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ् कप सम्पन्न भएको हो ।

मेन टिममा १६, भेट्रान टिममा ८ र सुपर भेट्रानमा ४ टिमले भाग लिएको उक्त खेलमा मेन टिडवोर्थ वरियर्स र क्यू जी सिगनल्स फाईनलमा भिडन्त गरेका थिए र सो भिडन्तबाट क्यू जी सिगनल्स बिजयी र टिडवोर्थ वरियर्स उप बिजेता भए ।

मेन अफ बेस्ट खेलाडी मौसम राई क्यू जी सिगनल्स र बेस्ट गोलर चेत गुरुङ् एफ्सी तोङ्बा भए । बिजयी टिमले £१००० र उप बिजयी टिमले £५०० नगद रासी प्राप्त गरे ।

भेट्रान टिमबाट क्यू जी मास्टर र ईन्टेक ०४ फाईनलमा भिडन्त गरेका थिए र सो भिडन्तबाट क्यू जी सिगनल्स बिजयी र टिडवोर्थ वरियर्स उप बिजेता भए । बेस्ट खेलाडी बिकास देवान क्यू जी मास्टर र बेस्ट गोलर सोम थापा ईन्टेक ०४ भए । बिजयी टिमले £६०० र उप बिजयी टिमले £३०० नगद रासी प्राप्त गरे ।

सुपर भेट्रान टिमबाट धरान एफ्सी र ईलाम एफ्सी फाईनलमा भिडन्त गरेका थिए र सो भिडन्तबाट ईलाम एफ्सी बिजयी र धरान एफ्सी उप बिजेता भए । बेस्ट खेलाडी लोक लिम्बु ईलाम एफ्सी र बेस्ट गोलर लेख राई ईलाम एफ्सी भए । बिजयी टिमले £६०० र उप बिजयी टिमले £३०० नगद रासी प्राप्त गरे ।

बेलायतमा बसोबास गर्दै आएका लिम्बुहरुको साझा लगानिमा खरिद गरेको १६ एकर जमिनमा गत साल देखि आफ्ना वार्षिक कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया