अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोर स्थित एभरेष्ट वर्ल्डक्लास तेक्वान्दोको ध्वजा सगरमाथाको शिरमा पुगेको छ ।
अमेरिकाको बाल्टिमोरमा मे १८,२०२४ देखि आयोजना हुन गईरहेको दोश्रो एभरेष्ट नेशनल ओपन च्याम्पेनसिपको घोषणा सगरमाथाको शिरबाट गर्ने प्रतिवद्धता अनुरुप नेपाली माउण्टेन गाईड( हिमाल आरोहण मार्गदर्शी) सुजन गरुङ गत मिति २०२४, मे १३ तारिकका दिन विहान ७.३० बजे सगरमाथाको शिरमा एभरेष्ट वर्ल्डक्लास तेक्वान्दोको व्यानर ( ध्वजा) सहित पुगेका छन् ।
तेक्वान्दो खेलाडी समेत रहेका गुरुङलाई एभरेष्ट तेक्वान्दो केयर फाउण्डेसनले प्रवन्ध तथा सहयोग गरेको फाउण्डेसनका संस्थापक “मास्टर क़ुमार कार्की” ले बताए ।
खेलप्रेमी समुदायलाई तेक्वान्दो खेलको महत्व तथा यसको विशेषता सगरमाथाको शिरबाट घोषणा गर्न पाउँदा आफु हर्षित रहेको मास्टर कुमार कार्कीले बताउदै सगरमाथाको सफल आरोहण गरे वापत धन्यबाद समेत दिएका छन ।
आगामी दिनहरुमा फाउण्डेसन मार्फत नेपालमा खेलकुद विकासका लागि लागि पर्ने फाउण्डेसनका संस्थापक “मास्टर कार्कीले” बताए । साथै मे १८ मा हुने दोश्रो एभरेष्ट नेशनल ओपन तेक्वाण्डो च्याम्पीयनसिप(राष्ट्रिय खुला प्रतियोगिता) को सबै खेलाडीहरुलाई शुभकामना समेत दिए ।
प्रतिक्रिया