अमेरिकाको राजाधानीमा गौतम बुद्धको २५६८वौ जन्म जयन्ती

डिग बहादुर तामांग, भेडापू, दोलखा २०८१ जेठ १७ गते २१:५३ मा प्रकाशित

पृष्‍ठभुमि: नेपालमा मल्लकालिन समयदेखि शाहकालसम्म राज्यद्वारा दबाईएका, शोषण गरिएका पहिलो पंक्तिमा आउने जनजातीहरु मध्ये तामांग जाती हुन् । परापुर्बकाल देखि नै यी जाती बुद्धिस्ट अर्थात् बौद्ध धर्मावलम्बी भएकै कारणले कहिले पनि राज्य बिरुद्ध कदम चालेनन। राज्यको दमन नीतिहरुलाई नै सहेर बसे, राज्यले अमानवीय मासिन्या कानुनै बनाएर चरम उत्पीडनमा पारे| आफ्ना चेलीहरुलाई राज्यका ठुलाबडाहरुले गरेको यौन हिंसालाई टुलुटुलु हेरेर बसे, समाजमा सबैभन्दा तल्लोस्तरको काम पिपा, ढोके,पाले बनेर झन्डै सयौ बर्ष सहेर बस्न वाध्य पारे| कहिले पनि आफ्ना पुर्खाले मानेका बौद्ध धर्मलाई कहिले पनि छाडेनन।

विद्वानहरुको भनाइ छ, नेपालमा बुद्धधर्म लिच्छवीकाल भन्दा पहिलेदेखि थियो, उदाहरणका लागि, राजा अंशुवर्माकि छोरी भृकुटीको बिबाह तिब्बतका राजा सोङ्ग स्रेन गुम्बसंग ४२४ एडीमा भयो| त्यसपछि नेपालमा गुरु रिन्पोचेको आगमन हुन्छ, त्यहि समयदेखि प्राचिन महायान पद्दति अनुसार न्यिंगमा अनुष्ठान अपनाउन शुरु गरेका आभास हुन्छ।

नेपालमा राणा शासकहरुले तामांगहरुको बस्तीमा छुटफुट ठाउँहरुमा गुम्बाहरु बनाएका उदाहरणहरु पनि पाईएको छ, जस्तै दोलखा जिल्लाका सदरमुकाम चरिकोटमा चरीघ्याङ गुम्बा, दोलखा भिमेस्वर थानदेखि पल्लोपट्टी दोल्जी खोलाको शिरमा बिगुघ्यांग, रामेछाप जिल्लामा पर्ने फुलासीघ्यांग बनाएका थिए| त्यही गाउँका पुरोहित लामालाई पुजापाठ गराउन राख्थे। नेपालमा प्रजातन्त्रको पुनर्बहाली भन्दा पहिले तामांगहरु सतप्रतिसत बुद्धिस्ट नै थिए। तर जब पैसा प्रलोभन दिएर धर्मलाई बेच्ने काम शुरु भयो, त्यसपछि इसाईमा केहि परिबर्तित हुँदै आएका छन।

तामांगहरुको शास्त्रीय भाषामा बैशाख पुर्णिमालाई शाकेदावा भन्ने चलन छ, जसको मतलब हो बुद्धजन्मेको पुर्णिमा, बुद्धले ज्ञान पाएको पुर्णिमा बुद्धले ८० बर्षको

उमेरमा प्राण त्यागेको अर्थात् मृत्यु जसलाई महानिर्वाण भनिन्छ। अनुसार यहि मै महिनाको २३ तारिख २०२४ का दीन तामांग सोसाइटी ग्रेटर वाशिंगटनले पनि गौतम बुद्धको २५६८ वों जन्म दिन बिभिन्न पुजापाठ गरेर मनाए।

बुद्ध जयन्तिलाई बिशेषरुपले समाजमा एउटा उत्सबको रुपमा मनाउने चलन छ। त्यही अनुरुप अमेरिकाको राजधानीमा २५६८ बुद्धजयन्ती उपलक्ष्यमा बिभिन्न अनुष्ठान तथा प्रार्थना गरी तामांग सोसाइटी ग्रेटर वाशिंगटनको तत्वाधानमा डीसी, भर्जिनिया, मेरिल्याण्ड साथै वरिपरि बसोबास गर्ने फेयरफ्याक्स शहरको जर्ज मेसन बिस्वबिद्यालय नजिकको डिकुंग गुम्बामा मनाए|

नेपालको पवन भुमिमा जन्मग्रहण गरेका सिद्धार्थ गौतम बुद्धले दिनु भएको शान्तिका मन्त्रहरु, प्रबचन सुन्ने र बुझ्ने औसर लिए। पूजा पश्चात नैबेद, तथा प्रसादहरु सोसाइटीले प्रदान गरेका थिए।

तस्बिर:रोजी तामांग
डाक्टर श्याम लामा बल

प्रतिक्रिया