अनेसास डीसी च्याप्टरको आयोजनामा लोकप्रिय कवि जगन्नाथ पौडेलको ‘बग्दैबग्दै’ कृतिको एक समारोहका बीच लोकार्पण तथा परिचर्चा हुनेभएको छ । आगामी जुन ९ तारिख आइतबारका दिन मनाससको बुलरन लाइब्रेरीमा हुने उक्त कार्यक्रममा डीसी र वरपर क्षेत्रका साहित्यकार तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहनेछ । उक्त कार्यक्रमलाई इनेप्लिज तथा डीसी नेपालले प्रत्यक्ष प्रसारण गर्ने जनाइएको छ ।
अनेसासको विश्वव्यापी कविता प्रतियोगितामा प्रथम भएका कवि जगन्नाथ पौडेलको कृति कवि तथा साहित्यकारहरूका लागि चासोको विषय बनेको छ । सिद्धिचरण श्रेष्ठको जन्मजयन्तीको अवसर पारेर तय गरिएको कार्यक्रममा कविहरूले ‘बग्दैबग्दै’ कृतिका कविताहरू वाचन गर्ने र समीक्षकहरूले परिचर्चा गर्ने कार्यक्रम रहेको छ ।
डीसी क्षेत्र र सेरोफेरोमा रहनुभएका कवि, साहित्यकार एवम् साहित्यप्रेमी व्यक्तित्वहरूलाई उक्त कार्यक्रममा उपस्थित हुन यस निमन्त्रणामार्फत अनुरोध गरिएको छ ।
प्रतिक्रिया