अमेरिकाको डिसी महानगर क्षेत्रको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)ले तेश्रो लात्ते भकुण्डो (साकार )प्रतियोगिता गर्ने भएको छ ।
आगामी जुलाई ६ र ७ ,२०२४ का दिन मेरिल्याण्ड राज्यको ओइङ्ग्स मिल्स शहरमा प्रतियोगिताको आयोजना गर्ने संस्थाका अध्यक्ष सुबोध विलास पन्त तथा महासचिव सागर घिमिरेले एक बिज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
साथै उक्त खेल प्रतियोगितालाई सफल बनाउन र सौजन्य गर्न इच्छुक सबैलाई आह्वान समेत गरिएको छ । जुलाई ६ शनिबार बिहान ९ बजे उद्घाटन हुने छ ।
साथै बिगत बर्ष झैँ यस बर्ष पनि बाना र नेपाली दुताबास बीच पनि मैत्रीपूर्ण खेलको आयोजना हुनेछ । उक्त खेल आइतबार दिउसो ३ बजे हुनेछ ।
कार्यक्रम हुने स्थल : Northwest Regional P ark ,4515 Deer Park Rd ,Owings Mills Md 21117
प्रतिक्रिया