आज अमेरीकन बा दिबसको पूनित उपलक्ष्यमा संसारका सम्पूर्ण आदरणिय कर्तब्यनिष्ठ पिताहरुमा समर्पित गर्न चाहन्छु।
आफ्ना इच्छा आकांक्षा भोक तिर्खा मार्ने
एउटै कोट, दौरा र टोपीमा बर्षौ बर्ष टार्ने
अनुमान भन्दा धेरै पर,आकाश जस्तै मन
‘बा’ हुन् सन्तानको लागि आफैसंग हार्ने।
परिवारको लागि दिन-रात हाड र छाला नि धस्ने
सन्तानकै उज्जल भविष्यको खातिर मुग्लान पस्ने
को हुन् ती महान त्यागी लौ लौ भन त मेरो साथी?
दैवको क्रुर चपेटामा परि बन्द बाकसमा भित्र बस्ने।
“बा” हुन् दुःखमा कसैले नदेख्ने गरी तुरुक्क आँशु झार्ने
देखिहाले आँखामा कसिंगर पर्यो भनि बहाना पनि पार्ने
“बा”घरको छत हुन् घाम पानीबाट परिवारलाई बचाउने
आफु बन्धक बसेर नि सन्तानलाई सफलताको नाऊ तार्ने।
सन्तानको खुसीको ख़ातिर उसकै नोकर पनि बन्ने
सन्तानकै लागि घरी घरी जोकरको अभिनय नि गर्ने
बा हुन् सन्तानलाई आफ्नो जिम्मेवारीबाट मुक्ति दिन
मुटुलाई हत्केलामा राखी जीवनबाट राजिनामा गर्ने।
बा हुन् सन्तानको लागि आफैंसंग हार्ने
बा हुन् सन्तानलाई सफलताको नाऊ तार्ने!!
लक्ष्मी श्रेष्ठ
सुन्दरीजल, काठमाडौं
हालः न्युयोर्क, यु. एस. ए.
प्रतिक्रिया