७६ वर्षीया बिष्णुलक्ष्मी खरेलको १ बर्षको भत्ता वडा अध्यक्ष रमेश खरेलबाट झ्वाम

अख्तियारमा ऊजूरी !!!

इनेप्लिज २०८१ असार ५ गते २२:०६ मा प्रकाशित

अख्तियारमा ऊजूरी !!!

अमेरिका तथा युरोपमा भएको भए बुढाबुढीलाई सास्ती दिनेहरू यतिखेर करोडौको जरिवाना सहित जेलमा हुन्थे नेपालमा ळूटतन्त्र छ र अपराधीहरू ठाडो मुन्टो लगाएर बसेका छन् । त्यस्मा पनि ७० करोडका कार्यकर्ता भुम्लू फलांटेका वडा अध्यक्ष रमेशराज खरेल कसरी चोखो हस्न सक्थे र ? ?!! तीनै रमेशराज खरेलले आफ्नै नाता पर्ने ७६ बर्षीया आमाको १ बर्षदेखिको पैसा घोप्ला गरेका छन् । बोल्न सक्ने मान्छेको त दिनदहाडै खानेले अरूको के गरेका होलान् ? पशुपति शर्माले त्यसै भनेका हैनन् लुट्न सके लूट कान्छा लूट्न सके लूट अरू देशमा पाईदैन नेपालमा हो छूट ।

आफ्नो भत्ता दुरुपयोग भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका ७ स्थित बसोबास गर्ने ७६ वर्षीया बिष्णुलक्ष्मी खरेलले उजुरी दर्ता गर्नुभएको छ ।

खरेलले वडा कार्यालय फलाँटेबाट ज्येष्ठ नागरिक वापतको सामाजिक सुरक्षाभत्ता आफूखुसी दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेको हुँदा छानविन र अनुसन्धानका लागि उजुरी दर्ता गर्नुऊएको छ । वडाअध्यक्ष रमेश खरेल र वडासचिव राम प्रसाद बडाल समेतको मिलेमतोमा सोही वडाकी ७६ वर्षीया बिष्णुलक्ष्मी खरेलले आव २०७६/०७७ साउन महिनादेखि नियमति रुपमा पाउँदै आएको वृद्धभत्ता आ.व. २०८० साउनदेखि नपाएको विषयमा गत असोजमै गुनासो गर्नुभएको बताईन्छ ।

रोकिएको वृद्धभत्ता रकम एकमुष्ट आउने भन्दै अल्मल्याउँदै आर्थिक वर्ष सकिन लाग्दा पनि उपलब्ध गराउनेतर्फ कुनै पहल नभएपछि बाध्य भएर अख्तियारमा उजुरी हालेको वृद्धा बिष्णुलक्ष्मी बताउनु हुन्छ । उजुरी २०८१ जेठ २५ गते दर्ता भएको थियो । साउन महिनामा वृद्धभत्ता नविकरणका लागि श्रीमती बिष्णुलक्ष्मी र उनको पतिको कार्ड, फोटो र आवश्यक कागजातहरु एकैसाथ वडाअध्यक्षलाई बुझाएकोमा बिना आधार र कारण वृद्धभत्ता उपलब्ध नगराएकोमा अख्तियारको ध्यानाकर्षण गराइएको छ । साथै, वडासचिव बडाल कार्यालयमा अनियमित समेत हुने गरेको खरेलले बताईन् ।

वडाअध्यक्ष र वडासचिवले नियतवश नाम कटाई वृद्धभत्ता रकम दुरुपयोग गरी आर्थिक हिनामिना गरेकाले उनीहरुबाट आफ्नो जिम्मेवारी निर्वाह नगरी वृद्धाअवस्थामा पुगेको व्यक्तिलाई मानसिक यातना र असामाजिक व्यवहार गरेको उजुरीमा उल्लेख छ । मृतक तथा बसाइसराई गर्ने व्यक्तिहरुको नाम सामाजिक सुरक्षाभत्ता पाउने सूचीबाट हटाउनुपर्नेमा निजहरुको यथावत राखी भ्रष्टाचार गर्ने मनसायले नियमित रहेकाहरुको सामाजिक भत्ता निकासा नभएको सम्बन्धमा अख्तियारले छानविन अघि बढाएको छ । आफ्नो वडाभित्र सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिहरुको अभिलेख राख्ने र नियमित गर्ने दायित्व र कर्तव्य निर्वाह नगर्दा वृद्धवृद्धाहरुले सास्ती व्यहोर्दै आएका छन् ।

अहिलेसम्म मुद्दा मामिलामा झेल्नु नपरेको व्यक्तिको जिवन तलमाथि भयो भने यस्को जिम्मेवार स्वयं वडा अध्यक्ष रमेशराज खरेलले लिनुपर्छ । राज्य र समाजको ध्यान त्यतातिर जाओस ।

घोप्ला गर्ने वडा अघ्यक्ष रमेशराज खरेललाई सबैले चिनौ ।

प्रतिक्रिया