अमेरिकाको भर्जिनिया व्यायामशालामा गोली चल्दा बन्दुकधारी सहित दुई जनाको मृत्यु

इनेप्लिज २०८१ असार १७ गते ११:४२ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको एक व्यायामशाला(जिम)मा गोली चल्दा एक आरोपी बन्दुकधारी सहित दुई जनाको मृत्यु भएको छ ।

भर्जिनियाको एक जिम(व्यायामशाला)मा गोली चल्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भर्जिनिया राज्यको अलेक्जान्ड्रिया शहरको दक्षिणपश्चिम स्थित जिम एण्ड हेल्थ क्लब वनलाइफ फिटनेस(व्यायामशाला)मा अपराह्न ४ बजे गोलीकाण्ड भए पछि प्रहरीलाई त्यहाँ बोलाईएको अधिकारीहरूले बताए ।

गत शनिबार अलेक्जान्ड्रिया प्रहरी विभागका अनुसार गोली हान्ने सहित दुई जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

गोली प्रहार गर्ने पुरुष र पीडित दुवैलाई प्रहरीले शनिबार राति मृत घोषणा गरेको थियो । वनलाइफ फिटनेस अर्थात् व्यायामशाला व्यवस्थापनका अनुसार कुनै पनि व्यक्ति ब्यायामशालाका कर्मचारीहरु नभएको बताएको छ ।

गोली चलेको समयमा करिब ६० जना मानिस भित्र थिए । प्रहरीका अनुसार भवनको अगाडि र पछाडिको बाहिरी भागबाट भागेका थिए।

दुबै जनाको मृत्युको कारण चिकित्सा परीक्षकको कार्यालयले निर्धारण गर्ने प्रहरीले जनाएको छ । गोलाबारीको अलेक्जान्ड्रिया प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया