अमेरिकाको भर्जिनिया बस्दै आएका कवि रामचन्द्र शर्माको ८४ औँ जन्म दिवसको अवसर एकल कविता उत्सव सम्पन्न भएको छ । उनि धेरै उनका परिवार,साथीभाई ,आफन्तहरुमा उनि चाचा नामले परिचित छन् ।कवि शर्माले सम-सामयिक बिषयमा ५०० भन्दा बढी रचना सृजना गरेका छन् । उनका धेरै जसो कविताहरु पद्य शैलीमा लेख्दछन ।
जिन्दगीको ८४ औँ वसन्तको खुसी आफ्नो उनले भर्जिनिया राज्यको आशबर्न शहर स्थित ब्रामबलटन पुस्तकालयमा आफ्ना दर्जनौ कविता वाचन गरे । साथै उनका कबिताहरु अन्य कविहरुले पनि वाचन गरेका थिए । कविता वाचन कार्यक्रम २ घण्टा सम्म चलेको थियो ।
एकल कविता उत्सवमा अन्य केही शुभकामना गीत तथा असारे भाका समेत प्रस्तुती गरिएको थियो । एकल कविता उत्सव कार्यकमको संयोजन गर्ने गीतकार सहदेव पौडेलले कवि शर्माको परिचय दिएका थिए ।
कविलाई प्रारम्भमा अमेरिकामा जन्मिएका बालबालिका तथा उपस्थित भएका केही व्यक्तिहरुले पुष्पगुच्छा तथा माला लगाउदै शुभकामना दिएका थिए । उक्त कार्यक्रममा गायक तथा संगीतकार श्याम सुन्दरले शुभकामना गीत प्रस्तुति गरेका थिए भने उनलाई तवलामा दीपक आचार्य तथा आयुष पुडासैनीले साथ दिएका थिए ।
गायक श्याम सुन्दरले शब्द सङ्गीत नरराज ढकालको जय जय जय जय होस् तिम्रो गीत प्रस्तुत गरेका थिए। उक्त गीत मालकौश रागमा आधारित रहेको थियो ।
कविले आधा दर्जन भन्दा कविता वाचन गरे पछि भवानी शर्मा तथा भवानी ओझाले कविकै कवितामा असारे भाका प्रस्तुति गरेका थिए । कवि शर्माले बिभिन्न शीर्षकमा कविता वाचन गर्दै शीर्षकको साथै छोटोमा त्यसको वर्णन समेत गरेका थिए । उनले देशको माया,राम नवमी कुशे औशी,गाई जात्रा,सिजन ,दशैँ ,बाख्राको पाठाले गरेको श्राप ,ससुराको मृत्यु अवस्थामा ,भिखारी लगायत थुप्रै शीर्षकमा कविता वाचन गरेका थिए ।
तर पहिले चरणको कविता वाचन अगाडी नै सहदेव पौडेलले कवि शर्मा अर्थात् चाचालाई एक आश्चर्य दिदै गोप्य रुपमा उनका कविताहरुको कविता संग्रह तयार गरि नेपालबाट ल्याएको कविता संग्रह पुस्तक उपहार चाचालाई हस्तान्तरण गरे । कवि चकित भए र कृतज्ञता व्यक्त गरे । गीतकार पौडेलले बिशेष पुरिया(प्याक)बनाएर ल्याएको कवि शर्माकी जीवनसंगिनी भवानी शर्मालाई समेत उक्त पुस्तक खोल्न लगाएका थिए ।
उक्त कविता संग्रहको पुस्तकको नाम चौरासी वसन्तका चौरासी थुङ्गा राखिएको छ । केही कबिताहरु वाचन बीचमा शर्माले नै रचेका कविता कविहरु क्रमस परशुराम भण्डारी ,परशु तिमिल्सिना तथा बिमल ओझाले कविता वाचन गरेका थिए ।
उक्त कार्यक्रममै परशुराम भण्डारीले आफूले लेखेको पुस्तक कवि शर्माले उपहार दिएका थिए । परशु तिमिल्सिनाले शर्माको गाईजात्रा कविता वाचन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा हरि शर्माले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतिक्रिया