पेरिसमा भै रहेको महिला तर्फको १०० मिटर बटरफ्लाई (पुतली शैली)को अन्तिम चरण(फाईनल )को पौडी प्रतियोगितामा अमेरिकी टोरी हस्क र ग्रेचेन वाल्शलाई क्रमस स्वर्ण तथा रजत पदक प्राप्त भएको छ ।
पेरिसमा आइतवार भएको महिला तर्फको १०० मिटर बटरफ्लाइमा अमेरिकी टोलीका सशक्त टोरी हस्क र ग्रेचेन वाल्श शीर्ष दुईमा आएका छन् । हस्क विश्व कीर्तिमानी वाल्शभन्दा अगाडि पर्न सफल भएकी छिन् ।
महिला १०० मिटर बटरफ्लाई फाइनलमा अमेरिकी पौडीबाज टोरी हस्केले स्वर्ण जितेकी छिन् भने सहकर्मी ग्रेचेन वाल्शले रजत पदकमा चित्त बुझाउनु परेको छ।
हस्कले ५५.५९ सेकेन्डको समयमा पुरा गरिन भने उनि वाल्शभन्दा ०४ सेकेन्ड अघि पुग्दै बाजी मारेकी छिन् ।
अमेरिकी ओलम्पिक परीक्षणमा १०० मिटरको बटरफ्लाइ पौडीमा विश्व कीर्तिमान बनाएकी थिइन् । उनले ५५.१८ सेकेन्डको समय पूरा गरेकी थिइन्।
चीनकी झाङ युफेई तेस्रो स्थानमा आएकी छिन् भने उनले ५६.२१ सेकेन्डमा उक्त प्रतियोगिता पूरा गरिन ।
प्रतिक्रिया